दाङ ,साउन ८ । राप्ती नदीमा बगेर वेपत्ता भएका लमही नगरपालिका–९ कोल्तरा निवासी वर्ष ५२ का रामलाल कुमाल मृत अवस्थामा भेटिएका छन ।
लमही नगरपालिका–९ अमिलियाको राप्ती घाटमा भैसिं चराउन गएका मानिसले देखेर प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा इलाका प्रहरी कार्यालय अमिलियाको टोली पुगेको लमही नगरपालिकाका वडा अध्यक्ष भेष बहादुर केसीले जानकारी दिए ।
साउन ३ गते बुधवार राजपुर गाउँपालिका–७ सिक्टाबाट काम सकेर अपरान्ह घर फर्किने समयमा उनि राप्ती नदीमा बगेर बेपत्ता भएका थिए ।
बेपत्ता भएका कुमालको स्थानीय र सुरक्षाकर्मीद्वारा खोजि कार्य गर्दा समेत फेला पर्न सकेका थिएनन ।
मृतकका आफन्तहरुलाई खबर भैसकेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
प्रकाशित मिति : २०८० साउन ८ गते सोमवार