तुलसीपुर,साउन ६ । लायन्स क्लव अफ दाङमा स्थापित लायन्स तथा लियो क्लवहरुको संयुक्त पदस्थापन कार्यक्रम सम्पन्न भएको छ ।
क्लवले आफ्नो मातहतमा स्थापित लायन्स क्लव अफ दाङ,लायन्स क्लव अफ टिचर दाङ,लायन्स क्लव अफ प्रोग्रेसिफ र लियो क्लव अफ दाङ तुलसीपुरका पदाधिकारीहरुलाई शनिवार एक कार्यक्रमको आयोजना गरी पदस्थापन तथा क्लवमा प्रवेश गर्ने नयाँ सदस्यहरुलाई परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ ।
लायन्स वर्ष २०२३÷०२४ का निर्वाचित अध्यक्ष तथा पदाधिकारी,लायन्स तथा लियो क्लवमा प्रवेश गर्ने नयाँ सदस्यहरुलाई नेपालका डिष्ट्रिक गर्भनर लायन मुकुट ढकाल र फस्ट भ्वाइस डिष्ट्रिक गर्भनर बिनोद कुमार श्रेष्ठले पद तथा गोपनियताको सपथ ग्रहण एव परिचय गराएका हुन ।
नयाँ सदस्य तथा क्लवका निर्वाचित पदाधिकारीहरु सपथ ग्रहण गराउदै कार्यक्रमका प्रमुख अतिथि गर्भनर ढकालले लायन्स क्लव विश्वभर सबै भन्दा धेरै राष्ट्रमा सबैभन्दा धेरै सदस्यहरु भएको अन्तराष्ट्रिय सस्था भएको बताउदै लायन्सको अन्तराष्ट्रिय उद्देश्य हामी सेवा गर्छौ भन्ने उद्देश्य अनुरुप समाज सेवामा लाग्न आग्रह गरे ।
कार्यक्रममा फस्ट भ्वाइस डिष्ट्रिक गर्भनर लायन बिनोद कुमार श्रेष्ठ,लायन ज्ञानेन्द्र श्रेष्ठ,क्याविनेट सेके्रटरी उमा थापा,यरिया चिफ डा.भिमसेन गिरी,लायन्स क्लव अफ दाङका पुर्व अध्यक्ष बिमल रिजाल लगाएतले क्लवका गतिविधिहरु समुदायस्तरमा सञ्चालन गर्न आग्रह गरे ।
त्यस अवसरमा लायन्स क्लव अफ दाङका अध्यक्ष भागवत घिमिरे,लायन्स क्लव अफ टिचर दाङका अध्यक्ष मनोज केसी,लायन्स क्लव अफ प्रोग्रेसिफ दाङका अध्यक्ष कुलदिप गौतम र लियो क्लव अफ दाङ तुलसीपुरका अध्यक्ष यमकला भुसालले आफ्नो कार्यकालमा गर्ने वार्षिक कार्ययोजनाका बारेमा जानकारी गराएका थिए ।
लायन्स क्लव अफ दाङका निर्वतमान अध्यक्ष भोजराज न्यौपानेको अध्यक्षतामा पहिलो चरणको कार्यक्रम भएको थियो भने लायन्स क्लव अफ टिचर दाङका वर्ष २०२३ का अध्यक्ष मनोज केसीको अध्यक्षतामा दोश्रो चरणको कार्यक्रम भएको थियो ।
लायन्स क्लव अफ दाङ प्रोग्रेसिभका अध्यक्ष कुलदीप गौतमको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण लायन्स क्लव अफ दाङका सचिव चन्दा श्रेष्ठ र लायन्स क्लव अफ टिचर दाङका सचिव रवि चापागाँईले गरेका थिए ।