२०८१ बैशाख २३ गते आइतवार

तुलसीपुर बसपार्कमा ७३ बर्षीया महिलामाथि सामुहिक बलात्कार, दुई युवा पक्राउ

तुलसीपुर, साउन ५ । ७३ बर्षीया एक जना बृद्ध महिलालाई बस भित्र सामुहिक बलात्कार गरेको आरोपमा दुई युवालाई प्रहरीले मध्य राति पक्राउ गरेको छ ।

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १५ का ३० बर्षीय पुष्कर रोका र सल्यान जिल्लाको कुमाख गाउँपालिका – ७ का २० बर्षीय रेशम बिकलाई प्रहरीले बृद्ध महिलामाथि बलात्कार गरि रहेकै अवस्थामा तुलसीपुर बसपार्कबाट बिहीबार राति १२ बजेतिर नियन्त्रणमा लिएको हो ।

प्यूठान स्वर्गद्धारी नगरपालिकाकी ७३ बर्षीया ती महिला राति अबेर मात्रै तुलसीपुर बसपार्क आइ पुगेकी थिइन ।
आरोपित दुई जनाले सहयोग गर्ने वाहानामा ललाइ फकाइ तुलसीपुर – ५ स्थित बसपार्क भित्र पार्किङ गरि राखिएको ना ४ ख ७८४८ नम्बरको बस भित्र पु¥याइ पालैपालो बलात्कार गरि रहेकै अवस्थामा नियन्त्रणमा लिएको थियो ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले महिलाको चित्कार सुनेपछि स्थानीयलाई प्रहरीलाई सूचना दिएको र त्यसपछि प्रहरी घटनास्थल पुगेको जानकारी दिए ।

मध्यराति भएको हुँदा घटनाबारे थप अनुसन्धान हुन बाँकी नै रहेको प्रहरी अधिकारीहरुले बताएका छन् ।

प्रकाशित मिति : २०८० साउन ५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *