२०८२ माघ १० गते शनिवार

तुलसीपुरको बजेट र नीति तथा कार्यक्रम पारित

तुलसीपुर असार ३१ । तुलसीपुर उपमहानगरपालिकाको आर्थिक वर्ष २०८०/८१को असार १० गते नगर सभामा प्रस्तुत गरिएको नीति तथा कार्यक्रम र बजेट पारित गरिएको छ ।

नगर सभामा सदस्यहरुले प्रस्तुत गरेका सुझावसहित नीति तथा कार्यक्रम र बजेट पारित गरिएको हो ।

स्मार्ट छोरी कार्यक्रमअन्तर्गत बिहेवारी २० वर्षपारि,सुत्केरी पोषण भत्ता कार्यक्रम, पालिकाले सञ्चालनमा ल्याएको मेट्रो कलेज र मेट्रो अस्पताल सञ्चालन नीति तथा कार्यक्रम र बजेटमा निरन्तरता दिइएको छ ।

नीति तथा कार्यक्रममा शून्य बजेटमा कार्यान्वयन गरिने जनतासँग जनप्रतिनिधिअन्तर्गत श्रमदान अभियान,विपद्मा जनप्रतिनिधि कार्यक्रम समावेश गरिएको छ ।

कूल बजेट एक अर्ब ७९ करोड ४५ लाख ६९ हजार रहेको छ । पालिकाले गतवर्ष एक अर्ब ८६ करोड ४७ लाखको बजेट ल्याएको थियो । यो आर्थिक वर्षको बजेट गतवर्षभन्दा सात करोड १३ लाख कम रहेको छ ।
पालिकाको बजेट आन्तरिक स्रोततर्फ ३६ करोड १५ लाख रहेको छ गतवर्ष भने ३० करोड १२ लाख रहेको थियो । आन्तरिकतर्फ गतवर्षभन्दा करिब ६ करोड तीन लाख बढी रहेको छ ।

गतवर्षको बजेटमा संघीय समानीकरण अनुदानतर्फ ३३ करोड ६२ लाख रहेको थियो भने यो आर्थिक वर्षमा २९ करोड आठ लाख रहेको छ ।

सभामा नगरप्रमुख टीकाराम खड्का नगरसभामा सुकुम्बासी,दलित,अव्यवस्थितका जग्गा नापनक्सांकन गर्न थप जनशक्ति व्यवस्थापन गरेर दुई वर्षभित्रै लालपूर्जा वितरण गर्ने प्रतिबद्धता व्यक्त गरे ।

नगरप्रमुख टीकाराम खड्काको अध्यक्षतामा नगरसभा सम्पन्न भएको हो । नगरसभामा उपप्रमुख स्यानी चौधरीले बजेट स्वीकृतका लागि प्रस्तुत गरेकी थिइन ।

त्यस्तै आर्थिक समितिका संयोजक माधव वलीले आर्थिक विधेयक सभामा प्रस्तुत गरेका थिए ।

लेखा समितिका संयोजक घनश्याम ढकालले आर्थिक वर्ष २०८०/८१को विनियोजन विधेयक स्वीकृतका लागि पेश गरेका थिए ।

प्रकाशित मिति : २०८० असार ३१ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *