२०८२ माघ ४ गते आइतवार

गोरखा कलेजमा अनुसन्धानत्मक लेख लेखन तथा प्रकाशन कार्यक्रम सम्पन्न


तुलसीपुर,असार २६। गोरखा मोडेल कलेजले अनुसन्धानत्मक लेख लेखन तथा प्रकाशन कार्यक्रम सम्पन्न गरेको छ ।

गोरखा मोडेल कलेज तुलसीपुरद्वारा आयोजित कार्यक्रममा जनता विद्यापीठ बिजौरीका उपप्रध्यापक डा.खगेन्द्र घोडासैनि अनुसन्धानत्मक लेखन तथा प्रकाशन कार्यक्रमको सहजकर्ता रहेका थिए ।

त्यस अबसरमा सहजकर्ता घोडासैनिले लेखन कार्यको ढाचा , जर्नलको प्रकार र प्रयोग गर्ने माध्यम का साथै अनुसन्धानात्मक लेखन र प्रकाशन प्रक्रिया को बारेमा प्रष्ट पारेका थिए ।

कार्यक्रमका प्रमुख अतिथी गोरखा ग्रुप शैक्षिक निर्देशक तथा गोरखा मोडेल कलेका संचालक दुर्गा बहादुर केसीले यस कार्यक्रमबाट विभिन्न शीर्षकमा आफ्नो बिषय वस्तुसंग सम्बन्धित शिर्षकमा रहेर अध्यापकहरुले खोज संगसंगै आर्टिकल लेख्न सक्ने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरेको बताए ।

त्यस्तै गोरखा मोडेल कलेजका क्याम्पस प्रमुख पुर्ण बिक्रम डाँगीले अनुसन्धानत्मक लेखन तथा प्रकाशन कार्यक्रमबाट अध्यापकहरुलाई खोज अनुसन्धान गर्ने र अनुसन्धानको माध्यमबाट लेखन कार्यको विकास बढाउन सहयोग पुग्ने बताए ।

प्रकाशित मिति : २०८० असार २६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *