२०८२ माघ ३ गते शनिवार

लुम्बिनी प्रदेश सरकारले दुई लाखलाई रोजगारी दिन्छ ः मुख्यमन्त्री चौधरी

तुलसीपुर,असार २४ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रदेश सरकारले दुई लाखलाई रोजगारी दिने बताएका छन ।

नेपाल प्रेस युनियन बाँके शाखाले आज नेपालगन्जमा आयोजना गरेको पत्रकार भेटघाटमा मुख्यमन्त्री चौधरीले दुई लाखलाई रोजगारी दिने गरी आगामी आर्थिक वर्ष २०८०/८१ का लागि १ अर्ब छुटाइएको जानकारी दिँदै यसका लागि संघीय सरकारबाट थप रकम माग गरिएको बताएका हुन ।

उनले लुम्बिनी प्रदेश सरकारले घरेलु उत्पादनलाई ब्राण्डिङ गर्ने गरी काम गरिरहेको बताए ।

उनले लुम्बिनीका १२ जिल्लालाई त्यहाँको संस्कार र संस्कृति अनुसार विभिन्न सांस्कृतिक हबका रुपमा विकास गर्ने योजनाका साथ काम भइरहेको बताए ।
दाङ, बाँके र बर्दियालाई थारु सांस्कृतिक हबका रुपमा विकास गरिने चौधरीको भनाई छ ।

चौधरीले बाँकेलाई शैक्षिक हब बनाउने गरी बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय स्थापना गरिएको जानकारी दिँदै समग्र प्रदेशको शिक्षा विकासको जिम्मेवारी अब बाँकेको काँधमा आएको समेत बताए ।

यसअघि बाँके र बर्दियाले कम बजेट पाएको गुनासो गर्दै आएकोमा यसपटक बाँके र बर्दियालाई यथेष्ट बजेट विनियोजन गरेर न्याय गरेको मुख्यमन्त्री चौधरीको भनाई छ ।

कार्यक्रम नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष अर्जुन ओलीको अध्यक्षतामा भएको हो ।

प्रकाशित मिति : २०८० असार २४ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *