तुलसीपुर, असार ४ । आफ्ना छोरा छोरी बिरामी भएपछि सासु लगाएतलाई बोक्सीको आरोप लगाउने दुइ पक्राउ परेका छन् ।
घोराही उपमहानगरपालिका वडा नं. ३ गैरीगाउँको संगम टोलकी ३३ बर्षीया सस्वती गुरुङ र घोराही – २ का झाँक्री ४५ बर्षीय यमबहादुर सार्कीलाई प्रहरीले पक्राउ गरेको छ ।
सस्वतीले आफ्ना छोरा छोरी बिरामी भएपछि यमबहादुरलाई जेठ ३१ गते झाँर्की बस्न बोलाएकी थिइन । जिल्ला प्रहरी प्रबक्ता डिएसपी राजन गौतमका अनुसार झाँक्र्रीले त्यसक्रममा सासुसहित अर्की एक महिला सरस्वतीको छोरा छोरी माथि बोक्सी लागेको भन्ने आरोप लगाएकी थिए ।
आँफु र आफ्नी देउरानीका बिरुद्ध गाउँ घर तथा समाजका अगाडि बोक्सी आरोप लगाएको पीडितको जाहेरीमा उल्लेख छ ।
कान्छी देउरानीलाई बोक्सी भन्दै बुहारी सरस्वतीको बिरामी छोरालाई खान खोजेको भन्ने पीडितको जाहेरीमा उल्लेख रहेको डिएसपी गौतमले जानकारी दिए ।
सोही बाहानामा झाँर्की बोलाइ आँफु र देउरानीको सामाजिक मान प्रतिष्ठामा आँच आउने गरि सामाजिक रुपमा बहिस्कार गराउने बिरुद्ध कानुनी कारबाही गरिपाउँछ भन्ने सरस्वती बिरुद्ध किटानी जाहेरी परेको प्रहरी प्रबक्ता गौतमले जानकारी दिए ।
उनीहरुले बोलेका प्रमाणसमेत संकलन गरि प्रहरीले सस्वती र झाँर्की सार्कीलाई जेठ ३१ गते बिहान २ बजे झाँक्र्री बसिरहेकै अवस्थामका नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ ।
पक्राउ परेका दुई ब्यक्तिका बिरुद्धमा जिल्ला अदालतले पाँच दिन थुनामा राखेर घटना अनुसन्धान गर्न म्याद थप गरि थप अनुसन्धान भइ रहेको पहरीले बताएको छ ।
