२०८३ असोज २८ गते बुधवार

तुलसीपुरको शिरखोलामा फेरि जीप खस्यो


तुलसीपुर, असार १ । तुलसीपुरको शिरखोलामा फेरि जीप खसेको छ । केही दिन पहिले मात्रै यही ठाउँमा अर्कौ एउटा दुर्घटना भएको थियो ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ शिरखोलाबाट रा १ ज ५५६ नम्बरको जीप अन्दाजी ६० मिटर तल खसेको घटनास्थलबाट इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले जानकारी दिए ।

तुलसीुरदेखि रोल्पा जान थालेको उक्त जीप बिहान साढे दश बजेतिर दुर्घटनामा परेको हो । दुर्घटनामा परि दश जना जति घाइते भएको र ६ जना जतिको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ ।

घाइते सबैलाई उद्धार गरि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा पठाइएको छ । यो खबर तयार पार्दै गर्दा गम्भीर घाइते केहीलाई थप उपचारका लागि बाँके तर्फ पठाउन थालिएको छ ।

तस्बिर – उमेश चन्द

प्रकाशित मिति : २०८० असार १ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *