काठमाडौँ ,बैशाख २५ । प्रेस काउन्सिल नेपालले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसका दुई सांसदलाई साढे आठ करोड बुझाएको भन्ने अडियो राख्ने अनलाइनलाई कारवाही गर्न सिफारिस गरेको छ।
काउन्सिलले अडियो सार्वजनिक गर्ने नेसनल डेली डटकमलाई नेपालभित्र नदेखिने गरी प्रतिबन्ध लगाउन सिफारिस गरेको हो। काउन्सिलले जसका लागि नेपाल दूरसञ्चार प्रालिलाई पत्राचार गरेको छ।
पत्रमा मञ्जु खाणले व्यक्तिगत चरित्र हत्या गरेकाे भन्दै उजुरी दिएको र साेही उजुरीका आधारमा काउन्सिलले दूरसञ्चारलाई कारबाही गर्न सिफारिस गरेकाे हाे।
उक्त अनलाइनकाे सम्प्रेषित सामग्री एकपक्षीय, पत्राकार आचारसंहिता अनुकूल भएकाे देखिनुका साथै उक्त पोर्टल दर्ता एवं सूचीकरण पनि नभएकाले कारबाही गर्न काउन्सिलले सिफारिस गरेकाे छ।
आइतबार कांग्रेस सांसद् आरजु राणा देउवा र मञ्जु खाणलाई साढे दुई र ६ करोड रुपैयाँ बुझाएको संवादको अडियो सार्वजनिक भएको थियो।
