तुलसीपुर, बैशाख १४ । दाङको बंगलाचुलीमा बिहीबार श्रीमतिले बञ्चरो प्रहार गरि श्रीमानको हत्या गरेकी छन ।
बंगलाचुली गाउँपालिका वडा नं.१ सिउजाडाँडामा ५७ बर्षीया केशरादेबी दमाइले ६४ बर्षीय श्रीमान रेशमबहादुर दमाईलाई बिहीबार बिहान ९ बजेतिर टाउकोमा बञ्चरो प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको थियो ।
हत्या आरोपित केशरादेबीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सूचना पाउना साथ इलाका प्रहरी कार्यालय कमिरेचौरबाट प्रहरी सहायक निरीक्षक सहदेव योगीको कमाण्डमा खटिएको चार जनाको टोलीले उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रबक्ता डिएसपी राजन गौतमले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय घोराही दाङबाट गजेन्द्रबहादुर शाहीको कमाण्डमा खटिएको पाँच जनाको टोलीले केशरादेबीलाई जिल्ला प्रहरी कार्यालय तर्फ ल्याउँदै गरेको डिएसपी गौतमले बताए ।
घटना बारे अनुसन्धान हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।
