२०८३ असोज २८ गते बुधवार

तुलसीपुरको गणेश डेरीले मेट्रो कलेजका बिद्यार्थीलाई छात्रबृत्ति दिने

तुलसीपुर, बैशाख ५ । तुलसीपुरस्थित गणेश डेरी उद्योगका संचालकले सामाजिक उत्तरदायित्व अन्तर्गत प्राविधिक विषय अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति दिने भएका छन् ।


उद्योगका संचालक विनिल केसीले तुलसीपुर मेट्रो कलेजमा डिप्लोमा तहमा फुड एण्ड डेरी टेक्नोलोजी अध्ययन गर्ने एक जना विद्यार्थीलाई हरेक वर्ष छात्रवृत्ति प्रदान गर्ने भएका हुन ।


उद्योगका सञ्चालक विनिल केसी र कलेज प्रमुख वसन्त आचार्यका बीचमा भएको समझदारी पत्रमा त्यस्तो कुरा उल्लेख छ ।
उद्योगले कलेजलाई हरेक बर्ष ५० प्रतिशत छात्रवृत्ति प्रदान गर्ने कुरा संझौतामा उल्लेख छ ।


त्यसका साथै कलेजमा अध्ययनर विद्यार्थीलाई उद्योगमा इन्टर्नसिपका काम गर्न दिने र रोजगारी प्रदान गर्ने दुई पक्षका बीचमा संझौता भएको कलेज प्रमुख आचार्यले जानकारी दिए ।


समझदारी पत्रमा उल्लेख भए अनुसार उद्योगले उत्पादन गर्ने हरेक डेरी उत्पादनमा कलेजमा अध्ययनरत विद्यार्थीलाई विशेष छुटसमेत प्रदान गरिने भएको छ । ‘सामाजिक उत्तरदायित्व वहन गर्न पाउँदा निकै खुसी लागेको छ,’ उद्योगका सञ्चालक केसीले भने ‘ आफ्नै ठाउँमा रोजगारी सृजना गर्नु र समाजप्रतिको जिम्मेवारी थोरै भएपनि शेर गर्न पाउनु सबैले पहिलो प्राथमिकतामा राख्नु पर्छ भन्ने मलाई लाग्छ ।’


झन्डै तीन दशक लामो समयदेखि तुलसीपुरमा संचालन हुँदै आएको गणेश डेरी जिल्लाकै हकमा ग्राहहरुका माझ एक विश्वसनिय संस्था हो । जहाँ जन्म दिनको अवसरमा केकहरु पाइनुका साथै गर्मीमा प्यास मेट्न लसी तथा कफीका पारखीहरुका विभिन्न प्रकारका कफिसमेत पाइने गर्छ ।

प्रकाशित मिति : २०८० बैशाख ५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *