२०८२ असार ७ गते आइतवार

बाँकेको नरैनापुर देशकै उत्कृष्ट पालिका

बाँके,फागुन ६ । बाँकेको नरैनापुर गाउँपालिका देशकै उत्कृष्ट भएको छ। देशभरका ७ सय ५३ वटा स्थानीय तहको कार्य सम्पादन मूल्यांकनमा नरैनापुर उत्कृष्ट भएको हो।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले हालै सार्वजनिक गरेको कार्य सम्पादन मूल्यांकन नतिजाअनुसार नरैनापुर देशकै पहिलो बन्न सफल भएको हो।

आयोगले प्रदेश तथा स्थानीय तहको कार्य सम्पादन मूल्यांकन कार्यविधि २०७८ को दफा ७ को अधिनमा रही प्रदेश तथा स्थानीय तहका लागि निर्धारण गरिएका कार्य सम्पादन सूचकका आधारमा गरेको मूल्यांकन गरेको थियो।

कार्य सम्पादन मूल्यांकनमा नरैनापुरले ७८.५१ अंक प्राप्त गरेको छ। दोस्रो बनेको प्यूठानको प्यूठान नगरपालिकाले ७७.२६ र तेस्रो भएको म्याग्दीको मंगला गाउँपालिकाले ७७.०९ अंक पाएको छ।

गाउँपालिकाका अध्यक्ष मो. इस्तियाक अहमद शाहले जनप्रतिनिधि र कर्मचारीको कार्यप्रतिको लगावले नरैनापुरले यो नतिजा हासिल गरेको बताए।

गाउँपालिकाका लेखा अधिकृत प्रकाश अधिकारीले राति अबेरसम्म खटिएर गरेको कामको नतिजा देखिएको बताए।

नरैनापुर जिल्लाको विकासमा पछि परेको गाउँपालिका हो। अहिले पनि नरैनापुरलाई विकासका हिसाबले जिल्लाको ‘कर्णाली’ भन्ने गरिन्छ।

सडक सञ्जालमा जोडिएको नरैनापुरमा बिजुली पूरा पुगिसकेको छैन। गौरवको आयोजना सिक्टाको नहरको काम ढिलो गरी भइरहेको छ। शिक्षा र स्वास्थ्यमा पालिका कमजोर नै छ।

प्रकाशित मिति : २०७९ फाल्गुन ६ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *