२०८१ भाद्र २३ गते आइतवार

काँग्रेस दाङ जिल्ला कार्यसमिति विस्तार


दाङ, ५ चैत ।
नेपाली काँग्रेस दाङले जिलला कार्यसमिति विस्तार गरेको छ । जिल्ला अधिवेशन भएको झण्डै तीन वर्षपछि नेपाली काँग्रेस जिल्ला कार्यसमिति दाङले पूर्ण पाएको छ । निर्वाचित कार्यसमिति पछि एक चरण विस्तार गरेर पदाधिकारी मनोनयन भएको दाङ काँग्रेसमा सोमबार जिल्ला सभापतिले विधान अनुसार १० जना जिल्ला सदस्य मनोनयन गरेको विज्ञप्तिमार्फत सार्वजनिक गरेका छन् ।

नेपाली काँग्रेसको विधान २०१७, २०५१, २०५४, २०६२, २०६४ र २०६६ मा संशोधन र परिमार्जन गरी मिलाइएको परिच्छेद ३ दफा १० को उपदफा ५(ख) को अधिकार प्रयोग गरी जिल्ला सभापतिले जिल्ला कार्यसमितिमा सदस्य मनोनयन गरेको नेपाली काँग्रेस दाङले जनाएको छ ।

३८ सदस्यीय कार्यसमितिमा यस अघि २८ सदस्यीय समिति मात्रै रहेको थियो जसमा तीनजना पदाधिकारी सभापति, सचिव र कोषाध्यक्ष निर्वाचित २५ जना, सदस्यमध्येबाट मनोनयन भएका एक उपसभापति, एक सचिव र एक सहसचिव र अन्य सदस्य रहेको काँग्रेस जिल्ला कार्यसमितिले १० जनाको मनोनयनसँगै पूर्णता पाएको हो ।

साविकका प्रत्येक निर्वाचन क्षेत्रबाट दुइ÷दुईजना त्यो पनि समानुपातिक अनुसारको प्रतिनिधित्व हुने गरी १० जना सदस्य सभापतिले मनोनित गरेको जिल्ला सदस्य सुरेन्द्रबहादुर खड्काले जानकारी दिए ।

जिल्ला सभापति खड्काले १ नम्बर क्षेत्रबाट प्रतिनिधित्व हुने गरी लक्ष्मण पवन शर्मा, धर्मबहादुर यादव, २ नम्बर निर्वाचन क्षेत्रबाट प्रतिनिधित्व हुने गरी भेषराज खत्री, धुव्र पुन, ३ नम्बर निर्वाचन क्षेत्रबाट प्रतिनिधित्व हुने गरी भिमप्रकाश खड्का, गोपालराज शर्मा, ४ नम्बर निर्वाचन क्षेत्रबाट प्रतिनिधित्व हुने गरी श्याम रेग्मी, जोगेन्द्र विश्वकर्मा, ५ नम्बर निर्वाचन क्षेत्रबाट प्रतिनिधित्व हुने गरी यज्ञनारायण आचार्य, जीतबहादुर केसीलाई जिल्ला सदस्यमा मनोनित गरिएको खड्काद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

दाङ जिल्ला कार्यसमितिको पदाधिकारीहरुमा सभापति कीर्तिबहादुर खड्का, उपसभापति कमानसिंह भारती, सचिव शंकरप्रसाद डाँगी, टेकबहादुर वली, कोषाध्यक्ष सावित्रा राना, सहसचिव खिमा अधिकारी रहेका छन । यसमा उपसभापति भारती, सचिव वली र सहसचिव अधिकारी निर्वाचित सदस्यबाट पदाधिकारीमा मनोनोनित भएका थिए ।

 

 

प्रकाशित मिति : २०७५ चैत्र ५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *