२०८१ बैशाख १३ गते बिहिवार

गोरखा सेकेन्डरी स्कुल तुलसीपुरको १२ औं वार्षिक उत्सव

तुलसीपुर,पुस १८ । गोरखा गुप्रद्धारा सञ्चालित गोरखा सेकेन्डरी स्कुल तुलसीपुरले १२ औँ वार्षिक उत्सव मनाएको छ ।

विद्यालयले सोमवार एक कार्यक्रमका बिच १२ औं वार्षिक उत्सव मनाएको हो ।

गोरखा गुप्रका संस्थापक अध्यक्ष मानबहादुर बुढामगरको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले गोरखा स्कुल शिक्षा क्षेत्रमा अग्रणी संस्था रहेको बताउँदै आगामी दिनमा शिक्षा क्षेत्रमा बिषेश भुमिका खेल्नुपर्ने बताए ।

त्यस्तै काठमाडौ विश्व बिद्यालयका संस्थापक उपकुलपति डाक्टर सुरेस राज शर्माले समाज परिवर्तनका लागि शिक्षाको भुमिका महत्वपुर्ण भएको बताए ।

उनले व्यक्ती शिक्षित भए मात्रै परिवार,समाजसगै सिगो देश समृद्ध बन्ने तर्क गरे ।

पछिल्लो समय शिक्षामा लगानी बढी भैरहेको बताउँदैं उनले शिक्षाको महत्वलाई बुझेर आफ्ना बालबालिकाहरुलाई सहि र गुणात्मक शिक्षा दिन अभिभावकहरुलाई आग्रह गरे ।

आफ्नो सिंगो जिवन नै शिक्षाका सर्मपित गरेका शर्माले विद्यालयहरुले प्रतिस्पर्धा र देखावटी भन्दा पनि गुणस्तरीय शिक्षा दिन आवश्यक रहेको बताए ।

त्यस्तै लुम्बिनी प्रदेशका शिक्षा तथा निर्देशनालयका निर्देशक यमबहादुर केसीले योजनाबद्ध रूपमा शिक्षालाई अगाडी बढाउनु पनमा जोड दिए ।

कार्यक्रममा गोरखा सेकेन्डरी स्कुल तुलसीपुरका प्रिन्सीपल बिजयमान जिएमले शिक्षा नै ज्योती हो भन्ने नारा सहित २०६८ सालमा स्थापना भएको विद्यालयमा हाल २८३२ जना विद्यार्थीहरु अध्ययरत रहेको बताए ।

उनले स्थापनाकाल देखिनै विद्यालयलले शैक्षिक र खेलकुद क्षेत्रमो फड्को मार्दै आएको पनि बताए । विद्यालयमा माध्यमिक शिक्षा पुरा गरेर बाहिर गएका विद्यार्थीहरुले निशुल्क छात्राबृति प्राप्त गर्नुका साथै लोकसेवा आयोगमा समेत उत्कृष्ट नतिजा लिई नाम निकाल्न सफल भएको जिएमले बताए ।

कार्यक्रममा अभिभावक सोभाराम धिताल लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

यसैबिच वार्षिक उत्सवको अवसर पारेर गोरखा सेकेन्डरी स्कुलका छात्र–छात्राले विज्ञान प्रदर्शनीको आयोजना गरेका थिए ।

बिज्ञान पर्दशर्नीमा स्मार्ट सिटीको परिकल्पना,हरियाली शहर,हाइड्रोनिक बृज,क्रसर उद्योग,ढिकि, घरहरु,हाइड्रो पावर,वाटर साइकल,ज्वालामुखी,सिँचाइ,पार्क,फुलवारी लगाएतका विज्ञान सम्बन्धि तयार पारिएका नमूनाहरु शिक्षक,अभिभावक तथा अन्य विद्यार्थीलाई देखाएका थिए ।

         

गोरखा सेकेन्डरी स्कुलका एक्टिङ सिइओ दुर्गा केसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण निमाबी सयोजक पुर्ण बिक्रम डाँगी र प्रा.वि संयोजक कमल भण्डारीले गरेका थिए ।

कार्यक्रममा पुर्वमेची देखि पश्चिम महाकाली सम्मका विभिन्न नृत्यहरु,नाटक,प्रस्तुत गरिएको थियो भने विभिन्न व्यक्तीहरुलाई सम्मान पनि गरिएको थियो ।

साथै वार्षिक उत्सवको अवसर पारेर स्कुलले मुख पत्र बिमोचन समेत गरेको थियो ।                

 

प्रकाशित मिति : २०७९ पुष १८ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *