२०८१ बैशाख १३ गते बिहिवार

नेपाल जेसिजको राष्ट्रिय उपाध्यक्षमा केशवराज केसीको उम्मेदवारी घोषणा

तुलसीपुर,पुस ३ । तुलसीपुर नगर जेसीज वर्ष २०२२ का अध्यक्ष केशवराज केसीले वर्ष २०२३ को लागी राष्ट्रिय उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।

उनले तुलसीपुरमा पत्रकार सम्मेलन गरि आफूले तुलसीपर नगर जेसिजमा हुँदा प्रभाबकारी भूमिका निर्वाह गरेको भन्दै राष्ट्रिय उपाध्यक्षका लागि उम्मेदवारी दिएको बताए । ‘मैले गरेको काम सबै जेसिजका मित्रहरुले देख्नै भएको छ, मैले तुलसीपुर नगर जेसिजमा हुँदा प्रभाबकारी रुपमा भूमिका निर्वाह गरेँ’,उनले भने‘त्यसैले पनि मैले राष्ट्रिय उपाध्यक्ष जित्न सक्छु, भनेरै सबैले विश्वास गरेर समर्थन गर्नुभएको छ ।’ आफू देशभरका बिभिन्न शाखाहरुमा पुगेको भन्दै ति शाखाहरुले पनि आफूलाई समर्थन गर्ने जनाएको उनले बताए ।

२०१५ देखि आफू जेसिजमा आबद्ध भएको भन्दै उनले बताए । २०१६ मा जेसिजको सहसचिब बनेका उनी २०१७ मा उपाध्यक्ष, २०१८ मा अध्यक्ष सल्लाहकार, २०१९ मा कार्यकारी उपाध्यक्ष, २०२० मा महासचिब, २०२१ मा बोर्ड सल्लाहकार र २०२२ मा अध्यक्ष बनेको बताए ।

अध्यक्ष हुँदा आफू जहाँ समस्या हुन्छ, त्यहाँ समाधानकालागि प्रयत्न गरेको बताए । उनले युवाहरुमा सफल ब्यबसायीको छबि पनि बनाएका छन् । जेसीजमा एक ब्यक्ति–एक पद–एक कार्यकाल भएकाले राष्ट्रिय उपाध्यक्षमा केसीले समकालीन समवन्ध,समन्वय र सहकार्य मार्फत सन २०२३ लाई जेसीज स्वर्णीम वर्षका रुपमा अगाडी लैजाने बताए ।

जेसीजले नेतृत्व विकास,समुदाय,व्यापार तथा अन्तराष्ट्रिय सम्वन्धको विषयमा जेसीजले काम गर्ने वताउदै आफू चुनिए युवा नेतृत्व, ब्यक्तित्व विकासका नीति कार्यक्रमलाई सफल पार्न भूमिका निर्वाह गर्ने बताउदै विजयी वनाउन सवै जेसीज सदस्यमा अनुरोध गरे । 7

जसिजको पुस ७ देखी १० गते सम्म विरगंजमा ४९ औ महाधिवेशन हुँदैछ । देशभरि रहेका १ सय ७४ शाखामध्ये अध्यक्षमा ६ जना, कार्यकारिणी उपाध्यक्षमा १० जना र उपाध्यक्षमा १९ जनाको उम्मेदवारी रहेको छ । जेसीज समितिमा एक अध्यक्ष, ४ कार्यकारी उपाध्यक्ष र १२ जना उपाध्यक्ष रहने प्रावधान छ ।

नेपाल जेसीजले देशैभरका सबै शाखालाई भौगोलिकतामा आधारमा ४ क्षेत्रमा विभाजन गरेको छ ।

प्रकाशित मिति : २०७९ पुष ३ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *