२०८१ साउन ९ गते बुधवार

सकियो खग्रास चन्द्रग्रहण


काठमाडौं ,कात्तिक २२ । खग्रास चन्द्रग्रहण सकिएको छ । नेपाली पञ्चाङ्गअनुसार आज (कात्तिक २२ गते मंगलवार) साँझ ५: ११ मा सुरू भएको ग्रहण बेलुका ६:३४ मा सकिएको हो ।

अग्नि तत्वीय राशि मेष तथा भरणी नक्षत्रमा लागेको ग्रस्तोदित खग्रास चन्द्रग्रहण नेपालबाट स्पष्ट देखिएको थियो ।

सूर्य र चन्द्रमाबीच पृथ्वी आएर देखिने चन्द्रग्रहण दक्षिण अमेरिका, युरोप, एशिया, अस्टे«लियाबाट समेत देखिन्छ ।

चन्द्रमा पृथ्वीको छायाँबाट गुज्रिनुलाई नै चन्द्रग्रहण भन्ने गरिन्छ ।

ग्रहणले पूरै चन्द्रमा ढाक्ने भएकाले खग्रास भनिएको हो । बेलुकी ०५ :१३ बजे सूर्यास्त भएपछि ग्रहण स्पष्ट रूपमा देखिएको थियो भने बेलुकी ०५:२७ बजे ग्रहणको उन्मीलन भएको थियो ।

नेपालबाट ग्रहण एक घण्टा २३ मिनेट देखिएको छ । चन्द्रग्रहणको नौ घण्टाअघिदेखि सुतक लाग्ने धर्मशास्त्रका ग्रन्थमा उल्लेख छ ।

प्रकाशित मिति : २०७९ कार्तिक २२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *