२०८२ मङ्सिर २४ गते बुधवार

सितलपुरमासंगै बल्ने भए रोशनी र शरदको चिता

तुलसीपुर, कात्तिक १ । बिभत्स हत्या गरि संगै चिरोमा फालिएका १५ बर्षीया रोशनी महतरा र १४ बर्षीय शरद आचार्यको अन्तेष्टि बबई नदीस्थित सितलपुर घाटमा गरिने भएको छ । उनीहरुको चिता एकै ठाउँमा संग संगै जल्ने भएका छन् ।

मृतका घर परिवार तथा आफन्तहरुले रोशनी र शरदको अन्तेष्टि तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ सितलपुरस्थित बबई नदी घाटमा संग संगै गर्ने निर्णय गरेको शरदका मामा खेममान खड्काले जानकारी दिए ।

आफन्त तथा परिवार जनले उनीहरुको चिता एकै ठाउँमा संग संगै जलाउने निर्णय भएको खड्काले बताए ।

पोष्टमार्टम सुरु हुनु भन्दा पहिला नै आफन्तले त्यस्तो निर्णय गरि सकेको उनले जानकारी दिए ।

तर, त्यसभन्दा पहिला भान्जा शरदकाको शब दंगीशरण गाउँपालिका वडा नं. ६ थपगाउँ स्थित घरमा लगिने निर्णय भएको खड्काले बताए ।

त्यहाँबाट फेरि शब तुलसीपुर वडा नं. १२ सितलपुरस्थित बबई नदी घाटमा ल्याइ दुबैको संग संगै दिउँसो अन्तेष्टि गर्ने निर्णय भएको खड्काले जानकारी दिए ।

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ दमारगाउँमा आइतबार दिउँसो स्थानीय सामुदायिक जंगलको एकै चिरोमा हत्या गरि फालेको अवस्थामा रोशनी र शरदको शबहरु फेला परेका थिए ।

सोही दिन बेलुका अबेर उनीहरुका शब तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा पोष्टमार्टमाका लागि ल्याइएको थियो ।

तर, तुलसीपुरमा शब पोष्टमार्टम गर्ने फरेन्सिक बिज्ञ नभएको हुँदा ढिलाई भएको थियो । घोराहीबाट बिज्ञसहितको टिम आएपछि मंगलबार बिहान पोष्ट मार्टम सुरु भएको छ ।

रोशनी र शरद स्थानीय अम्बापुर माविमा क्रमश ः कक्षा ८ र ९ मा अध्यनरत थिए । शरद आमा संगै मामा घर बस्दै आएका थिए ।

असोज २७ गते रातिदेखि बेपत्ता उनीहरुको शब रोशनीको घर नजिकै असोज ३० गते दिउँसो फेला परेका थिए ।

प्रकाशित मिति : २०७९ कार्तिक १ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *