२०८२ मङ्सिर २२ गते सोमवार

शताब्दी पुरुष जोशीको पार्थिव शरीर अध्ययनका लागि राखिने

काठमाण्डौ ,असोज ३० । शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीर अध्ययनका लागि राखिने भएको छ ।

पार्थिव शरीरलाई सुरक्षित राख्नका लागि नगल्ने केमिकल प्रयोग गर्ने प्रविधि अपनाउने किष्ट मेडिकल कलेजले जनाएको छ । उनको पार्थिव शरीरलाई किष्ट मेडिकल कलेजमै राख्ने तयारी छ ।

जोशीले यसअघि आफ्नो शरीर दान गर्ने घोषणा गरेका थिए । अहिले जोशीको पार्थिव शरीरलाई किष्ट मेडिकल कलेज परिसरमा श्रद्धाञ्जलीका लागि राखिएको छ ।

यस्तै, दिउँसो साढे १२ बजेदेखि दिउँसो ४ बजेसम्म ललितपुर महानगरपालिका परिसर पुल्चोकमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने छ ।

शताब्दी पुरुष सत्यमोहन जोशीको बिहान उपचारका क्रममा निधन भएको हो । ललितपुरको बखुम्बहालमा विक्रम संवत् १९७७ साल वैशाख ३० गते जन्मिएका जोशी संस्कृतिविद् हुन ।
उनी तीन पटक मदन पुरस्कार पाउने एक्लो व्यक्ति हुन।

‘लोक संस्कृति’ नामक पुस्तकले २०१३ सालमा मदन पुरस्कार पाएको थियो ।

त्यस्तै ‘नेपाल राष्ट्रिय मुद्रा’ नामक पुस्तकका लागि दोस्रो पटक र ‘कर्णाली लोक संस्कृति’ पुस्तकका लागि तेस्रो पटक मदन पुरस्कार पाएका थिए ।

प्रकाशित मिति : २०७९ असोज ३० गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *