२०८२ मङ्सिर २२ गते सोमवार

पश्चिम दाङमा ढुङगाले च्याप्दा एक जना घाइते

हापुरे,असोज २६ । पश्चिमदाङमा ढुङगाले च्याप्दा एक जना घाइते भएका छन् ।

पहरोसंगै आएको ढुङगाले च्याप्दा बबई गाउँपालिका – ७ मलई निवासी ३० वर्षिय भिम वहादुर बाँठा घाइते भएका छन् ।

मंगलबार दिउँसो गाई/बाख्रा चराउन गोठालो गएका बाँठा साँझसम्म नफर्किएपछि खोजतलास गर्दै जाँदा ढुङगाले च्यापिएको अवस्थामा फेला परेको उनका बुवा प्रताप बाँठाले जानकारी दिएका छन् ।

उनलाई घटना स्थलबाट राति स्टिचरमा बोकेर शान्तिनगर – ६ कोर्बाङमा विहान ३ बजेर ल्याएर एम्बुलेन्स मार्फत बिहान ४ बजे राप्ती प्रादेशिक अस्पताल तुलसीपुर ल्याइएको थियो ।

घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि कोहलपृुर रिफर गरिएको छ ।

प्रकाशित मिति : २०७९ असोज २६ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *