२०८२ मङ्सिर १९ गते शुक्रवार

बालापुरबाट ५ लाख २८ हजार नगदसहित १५ जुवाडे पक्राउ


दाङ, असोज २२ । जुवा खेली रहेका १५ जुवाडे पाँच लाख बढी रकमसहित पक्राउ परेका छन् ।

पक्राउ परेका मध्य एक जना वडा सदस्य र एक जना सशस्त्र प्रहरीका जवानपनि रहेका छन् ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले जिल्लाको दंगिशरण गाउँपालिका वडा नं. ५ बालापुरमा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई गएराति पक्राउ गरिएको जानकारी दिए ।

जुवा खालबाट १५ जना ब्यक्तिलाई पाँच लाख २८ नगदसहित पक्राउ गरिएको डिएसपी मल्लले बताए ।

प्रहरीले पक्राउ परेकाहरुको नाम भने सार्वजनिक गरेको छैन ।

प्रकाशित मिति : २०७९ असोज २२ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *