२०८२ असार ४ गते बिहिवार

सल्यानमा रुखबाट लडेर एक जनाको मृत्यु


सल्यान,साउन ३१ । जिल्लाको त्रिबेणि गाउँपालिका १ काभ्राका ५२ बर्षीय ओम बहादुर बुढाथोकीको घाँस काट्ने क्रममा रुखबाट लडेर मृत्यु भएको हो।

आइतबार बिहान करिब ८ बजे घर नजिकैको जंगलमा सथिहरु संग घाँस काट्न गएका उनि रुखबाट लडेर घाइते भएका थिए।

घाइते बुढाथोकीको उपचारको क्रममा आइतबार साझ ७ बजे नेपालगंञ्ज मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष खनालले बताए ।

आइतबार राति मृतकको शब सल्यान ल्याइ आज आवश्यक कानुनि प्रक्रिया मिलाइ परिवारलाई बुझाएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७९ साउन ३१ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *