२०७७ कार्तिक ९ गते आइतवार

जंगलमा एक युवती मृत फेला

दाङ,फागुन ८ । दाङको तुलसीपुरमा एक युवती मृत अवस्थामा फेला परेकी छन् ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. – ९ थर्कुडाडाँ स्थित नवदुर्गा सामुदायिक वनमा अन्दाजी २० बर्षीया कमला पाण्डे मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं डिएसपी प्रेमबहादुर शाहीका अनुसार पाण्डे तुलसीपुर उपमहानगरपालिका वडा नं. १ भमके निवासी रहेको भन्ने खुल्न आएको जानकारी दिए । मृतकको शवको आसपासमा एउटा विषादीको सिसीपनि फेला परेको हुँदा पाण्डेले विष शेवनगरी आत्महत्या गरेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

 

 

प्रकाशित मिति : २०७५ फाल्गुन ८ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *