तुलसीपुर,साउन २३ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ स्थित माबि कालाखोलामा अपांगता अध्ययन् केन्द्र सञ्चालनमा आएको छ ।
छाँया नेपाल र तुलसीपुर उपमहानगरपालिकाको आर्थिक सहयोगमा अपांगता अध्ययन् केन्द्रको भवन निमार्ण भएको हो ।
नेपाल सरकारको नीतिलाई आत्मसाथ गर्दै शारिरीक अपांगता भएका बालबालिका पढाइबाट बञ्चित हुन नपरोस भन्ने उद्देश्यले अभियान सुरु गरिएको हो ।
यस अघिका मेयर घनश्याम पाण्डे र तुलसीपुर–७ का यसअघिका वडाध्यक्ष टोपबहादुर केसीको पहलमा त्यहाँ अपांगता अध्ययन् केन्द्रको भवन निमार्ण सुरु गरिएको थियो । जहाँ अबदेखि तुलसीपुर नगर भित्रका शारिरीक रुपमा अपांगता भएका बालबालिकाले पढ्न पाउने छन ।
यसैबीच सोमबार तुलसीपुर– ७ का वडाध्यक्ष रामबहादुर जिसीले अपांगता अध्ययन् केन्द्रका लागि ५१ हजार बराबरको खाद्यन्न सहयोग गरेका छन । विद्यालयमा आयोजित कार्यक्रममा जिसीले व्यक्तिगत रुपमा एक महिनालाई पुग्ने खाद्यन्न सामाग्री हस्तान्तरण गरेका हुन ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भरत चौधरीको अध्यक्षतामा भएको खाद्यान्न हस्तान्तरण कार्यक्रममा तुलसीपुरकी उपमेयर स्यानी चौधरीले अपांगता भएका बालबालिकाको जीवन परिवर्तनका लागि अध्यनन् केन्द्रले ठूलो भुमिका खेल्ने विस्वाश व्यक्त गरिन ।
उनले बालबालिकाका लागि खाद्यन्न अभाव भएमा आफुले व्यक्तिगत रुपमा सहयोग गर्ने र नगरबाट पनि पहल गर्ने प्रतिबद्धता जनाइन ।
त्यस अवसरमा विद्यालयका पूर्ब शिक्षक श्यामलाल पोख्रेल,नेपाली कांग्रेस नेता जगतबहादुर थापा, काँग्रेस तुलसीपुर ७ का सभापति ओम वलीलगाएतको सहभागिता थियो ।
विद्यालयका प्रध्यानाध्यापक राजिव ओझाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण अपांगता अध्यन केन्द्रका व्यवस्थापक यज्ञबहादुर बिकले गरेका थिए ।