२०८२ चैत्र १ गते आइतवार

सिचाइँ प्रणालीको विकास गर्ने खड्काको निधन

तुलसीपुर, १७ साउन ।
दाङको तुलसीपुरमा तीन कार्यकाल लगातार प्रधानपञ्च निर्वाचित भएका व्यक्तिको निधन भएको छ ।
हालको तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ रक्षाचौरका पूर्व प्रधानपञ्च डिल्लीबहादुर खड्काको निधन ९४ वर्षको उमेरमा मंगलबार निधन भएको छ ।

खड्काको मंगलवार दिउँसो साढे ४ बजेतिर घरमै निधन भएको भाइ डिल्लीरमण खड्काले फरक कोणलाई बताए ।
स्वर्गीय खड्का विक्रम सम्वत २०३१ सालमा पहिलो पटक लाहुरेचौर गाउँ पञ्चायतका प्रधानपञ्चमा निर्वाचित भएका थिए ।

त्यसपछि तुलसीपुर पञ्चायतको थप दुई पटक पटक प्रधान भएका थिए । उनले तुलसीपुरमा सिचाइँ प्रणालीमा महत्वपूर्ण भूमिका खेलका थिए । हाल अतिक्रमणको चपेटामा परेको बरूवागाउँले कुलोलगायत तुलसीपुर क्षेत्रबाट पातुखोला हुँदै दक्षिणको भूगोल सिचाइँ हुने दर्जनौ खोलामा उनले निकै सकारात्मक भूमिका निर्वाह गरेका कारण उनी लगातार तीन कार्यकाल निर्वाचित भएको जानकारहरू बताउँछन् ।

तुलसीपुर क्षेत्रमा कुलोपानीको व्यवस्थापनदेखि यस क्षेत्रको राजनीतिको मियो बनेका खड्का विक्रम सम्वत २०३१ सालदेखि २०४६ सालसम्म लगातार प्रधानपञ्च रूपमा निर्वाचित भएका एक लोकप्रिय नेता थिए ।

खड्का निडर, त्यागी र जनताको मनमा बस्न सफल प्रधान रहेको उनलाई नजिकबाट चिन्नेहरू स्मरण गर्ने गर्छन् ।
जसले निजी स्वार्थको लागि भन्दा पनि यस क्षेत्रको विकासका लागि महत्वपूर्ण योगदान गरेका थिए ।तत्कालिन समयमा न्याय सम्पादनदेखि सम्पूर्ण जिम्मा प्रधानपञ्चमा हुने गर्दथ्यो ।

सधै जनताको न्यायका लागि काम गरेको हुँदा खड्का निरन्तर तीन कार्यकाल यसक्षेत्रको प्रधानपञ्चका रूपमा निर्वाविचत भएको उनलाई नजिकबाट चिन्नेहरू बताउँछन् । स्वर्गीय खड्काको अन्तिम संस्कार बुधबार बिहान ७ बजे गोठीखोला स्थित गायाघाटमा हुने पारिवारीक स्रोतले जानकारी दिएको छ ।

पूर्वप्रधान खड्काका १० भाइ छोराहरू रहेका छन् । पूर्व जिल्ला सभापति कीर्तिबहादुर खड्का, नेता सुरेन्द्र खड्का, युवा नेता युवराज खड्कालगायत उनकै घर परिवारका सदस्य हुन् ।

प्रकाशित मिति : २०७९ साउन १७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *