काठमाडौं, असार २४ । उच्च अदालत तुलसीपुरको बुटवल इजलासकी न्यायाधीश रेणुका शाह बर्खास्त भएकी छन् ।
शुक्रबार बसेको न्यायपरिषदको बैठकले शाहलाई अयोग्यता लुकाएको आरोपमा बर्खास्त गर्ने निर्णय गरेको हो ।
शाह पूर्वप्रधानन्यायाधीश रामकुमार प्रसाद शाहकी छोरी हुन ।
छानबिनबाट शाहले आफ्नो अयोग्यता लुकाएको प्रमाणित भएको हुँदा न्यायपरिषद् ऐनको दफा २५ अनुसार बर्खास्त गरिएको न्यायपरिषदका प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिए ।
उच्च अदालतको न्यायाधीश हुनलाई कानुनमा स्नातक पास गरी कम्तीमा १० वर्ष वकालत गरेको हुनुपर्ने नियम छ ।
शाह ०७५ चैत १९ गते न्यायाधीश नियुक्त भएकी थिइन ।
त्यतिखेर उनले पेश गरेको प्रमाणपत्र झूटो ठहर भएपछि न्यायपरिषदको बैठकले शाहलाई बर्खास्त गरेको हो ।
प्रकाशित मिति : २०७९ असार २४ गते शुक्रवार