२०८३ भाद्र १० गते बुधवार

उत्खनन् रोक्ने तुलसीपुर उपमहानगरपालिकाको प्रतिवद्धता

तुलसीपुर, असार १९ । तुलसीपुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले आफ्नो मुहान क्षेत्रमा हुन थालेको चुनढुंगा उत्खनन् रोक्न आवस्यक पहल गर्नकालागी तुलसीपुर उपमहानगरपालिकालाइ ध्यानाकर्षण गराएको छ ।

संस्थाका अध्यक्ष यमकान्त भण्डारी , उपाध्यक्ष सिताराम शर्मा लगायतको प्रतिनिधि मण्डलले आइतवार नगरप्रमुखको कार्यकक्षमा गएर यो विषयमा ध्यानाकर्षण गराएको हो ।

ध्यानाकर्षण पत्रमा तुलसीपुर उपमहानगरपालिका—५ मा रहेको सुनगाभा माइन्स प्रालिका नाममा खानी तथा भúर्भ भिवभागले तुलसीपुर खानेपानीको मुहान राम्री क्षेत्रमा चुनढुंगा उत्खन्को अनुमति दिन लागेको भन्दै त्यसलाइ रोक्न स्थानिय सरकारका तर्फबाट तुलसीपुर उपमहानगरपालिकाले पहल गर्नुपर्ने उल्लेख गरिएको छ ।

तुलसीपुर उपमहानगरपालिका—५ मा रहेको भनिएको यो प्रालिको कुनै कार्यालय पनि छैन । र यसका आधिकारीक लगानीकर्ताको नाम समेत खानी तथा भुगर्भ विभागले गोप्य राखेको छ । सुनगाभा माइन्समा यहांका मात्रै नभएर दाङ बाहिरका समेत राजनितिक प्रभाव भएका व्यापारी घरानाको संलग्नता रहेको पनि बताइएको छ ।

तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्कालाइ ध्यानाकर्षण गराउदै खानेपानी संस्थाका अध्यक्ष यमकान्त भण्डारीले यदि मुहान क्षेत्रमा उत्खनन्को अनुमति दिए तुलसीपुरको खानेपानी समस्या विकराल हुने बताए । खानी विभागमा यस अघिनै ध्यानाकर्षण गराएपनि विभागले उत्खनन्को काम निरन्तर अघि बढाएकाले यसमा संगठित व्यवसायीक गिरोह सक्रिय रहेको पनि बताइएको छ ।

यहांको भुगर्म अध्ययनको रिपोर्ट विना, नागरीकको सहभागिता विना, स्थानिय सरकारको आधिकारीक स्वीकृति विना खानी विभागले तुलसीपुर खानेपानीको मुहान क्षेत्रमा कम्तिमा ८ किलोमिटरको परीधिमा चुनढुंगा उत्खनन्को अन्तिम स्वीकृति दिन लागेको छ ।

स्थानिय सरकारलाइ संबन्ध नराखी खानी विभागले वन विभागलाइ निर्देशनदिएसंगै जिल्ला हेडक्वाटर भनिने डिभिजन वन कार्यालय दाङ र सव डिभिजन वन कार्यालयले त्यसको स्थलगत अनगुमन गरी तथ्यगत विवरण पेसगर्ने अन्तिम तयारी भएको छ ।

यसैबीच तुलसीपुर उपमहानगरपालिकाले मुहानमै समस्या हुुनेगरी कुनै हालतमा उत्खनन्को स्वीकृति स्थानिय सरकारले नदिने बताएको छ । नगरप्रमुख टिकाराम खड्काले मुहान क्षेत्रमा कुनैपनि प्राकृतिक समस्या आउन नदिन उपमहानगरपालिका गम्भीर रहेको पनि बताएका छन् ।

‘म पनि खानेपानी क्षेत्रसंग लामो समय काम गरेको मान्छे हुं, यो तपाइहरुको भन्दा पनि स्थानिय सरकारको समस्या हो’, खड्काले भने यसका विषयमा कार्यपालिका बैठकमा निर्णय गराएर उत्खनन् रोक्ने बताए । यस अघि आफुहरुले धेरै गल्ती गरेर यहां अनावस्यक रुपमा वातावरण विगार्ने उद्योगहरु सन्चालनमा ल्याएको उल्लेख गर्दै अव स्थानिय सरकारले त्यस्ता गल्ति नदोहो¥याउने पनि बताए ।
आफ्नो क्षेत्रमा कुन स्थानमा कस्तो व्यापार व्यवसाय गर्न दिने भन्ने स्थानिय सरकारको भएको बताउंदै नगरप्रमुख खड्काले तुलसीपुर खानेपानीको मुहान सुुरक्षित गर्ने दायित्व पनि उपमहानगरपालिकाकै भएको बताए ।

साथै कार्यपालिकाको निर्णयको प्रतिनिलिपी सहित खानी विभागलाइ उत्खनन्को लाइसेन्स स्थगन गर्न पनि पत्राचार गरीने नगरप्रमुख खड्काको अभिव्यक्ति थियो ।

स्थानिय श्रोत र साधनको उपभोगको अधिकार सवैभन्दा बढि स्थानिय सरकारलाइनै भएको बताउदै तुलसीपुर उपमहानगरपालिकाले वातावरणमैत्री उद्योगलाइ बढावा दिने पनि उपमहानगरपालिकाले जनाएको छ ।

आगामि आर्थिक बर्षकालागी प्रस्तुत गरिएको निति तथा कार्यक्रममा पनि यस विषयमा स्पष्ट उल्लेख गरिएको नगर प्रमुख खड्काले बताएका छन् ।

प्रकाशित मिति : २०७९ असार १९ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *