तुलसीपुर, असार १८ । तुलसीपुरको एक होटेलबाट एकलाख बढी रकमसहित सात जुवाडे पक्राउ परेका छन् ।
हारजित हुने गरि जुवा खेलीरहेको अवस्थामा बसपार्कको रातामाटा होटेलमा छापा हानेर प्रहरीले होटेल संचालकसहित अन्य छ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सल्यान जिल्लाको त्रिबेणी गाउँपालिका वडा नं. १ घर भइ हाल बबई गाउँपालिका वडा नं. १ बस्ने ४१ बर्षीय टोपबहादुर बोहरा, सल्यान त्रिबेणी – १ का ३७ का श्रर्मराज थापा, त्रिबेणी– २ कारागिठीका ३६ बर्षीय गुमानसिंह बुढाथोकी, सल्यानको शारदा नगरपालिका वडा नं. १० पैंयाखर्क घर घइ हाल दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ बसपार्कमा बस्दै आएका ४१ बर्षीय गुणबहादुर चलाउने, सल्यान शारदा– १० पैंयाखर्कका २६ बर्षीय जितबहादुर चलाउने, सोही ठाउँका ३४ बर्षीय अमरराज खड्का र सल्यान शारदा– ११ घर भइ हाल दाङको तुलसीपुर – ५ बसपार्कमा रातामाटा होटेल संचालन गर्दै आएका ३५ बर्षीय सेतिराम बुढाथोकी रहेका छन् ।
होटेलमा जुवा भइरहेको भन्ने गोप्य सूचनाको आधारमा शनिवार दिउँसो ३ बजेतिर इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालको नेतृत्वमा पुगेको प्रहरी टोलीले एक लाख दुई हजार तीन सय ६० रुपैंयासहित उनीहरुलाई जितहार हुने गरि जुवा खेलीरहेको अवस्थामा ताससहित नियन्त्रणमा लिएको थियो ।
पक्राउ परेकाहरु माथि थप अनुसन्धान भइरहेको डिएसपी अर्यालले बताए ।
उनीहरुलाई जुवा ऐन अन्तरगत मुद्दा चलाएर कानुनी कारबाही हुने प्रहरीले जानकारी दिएको छ ।