तुलसीपुर, असार १७ । घोराहीको बेसाँइमा एउटा मोटरसाइकले दूई वटा साइकललाई ठक्कर दिदा दूई जनाको मृत्यु भएको छ । थप दुई जना घाइते भएका छन् ।
साइकल यात्री घोराही उपमहानगरपालिका वडा नं. १५ का १६ बर्षीय रितेश केसी र मोटरसाइकल चालक घोराही १५ कै ३५ बर्षीय गंगाबहादुर कवरको उपचारका क्रममा बिहीकार राति मृत्यु भएको छ ।
उनीहरु दुबै जनाको उपचारका क्रममा राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा मृत्यु भएको हो ।
जिल्ला प्रहरी प्रबक्ता डिएसपी मुकुन्दप्रशाद रिजालले बिहीबार राति पौने नौं बजे घोराहीदेखि सौंडियार तर्फ जाँदै गरेको रा ३ प २९२२ नम्बरको मोटरसाइकलले घोराही – ७ बेसाईमा दूईवटा साइकललाई ठक्कर दिएको जानकारी दिए ।
दुर्घटनामा परि मोटरसाइकलको पछाडि सवार घोराही – ७ का ३८ बर्षीय वशन्त चौधरीको अवस्था गम्भीर छ ।
उनको नाक, मुख र टाउकोमा गहिरो चोटपटक लागेको डिएसपी रिजालले बताए ।
त्यस्तै साइकल यात्री घोराही – १५ का बिनोद भण्डारी घाइते भएका छन् ।
उनको दाहिने हात र खुट्टामा चोट लागेको छ । उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।
घटनास्थल जिल्ला प्रहरी कार्यालय घोराहीदेखि झन्डै पाँच किलोमिटर पश्चिममा पर्दछ ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

