नेपालगन्ज,असार १४ । जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्रकुमार चौधरीले खेतीको समयमा किसानले मलखाद नपाउनु ठूलो समस्या भएको भन्दै तत्काल व्यवस्थापन गर्नुपर्नेमा जोड दिएका छन् ।
पारस्परिक जवाफदेहिता परियोजना अन्र्तगत सूचना र मानव अधिकार अनुन्धान केन्द्र नेपालगन्जले मंगलबार गरेको साझा सभामा बोल्दै प्रमुख चौधरीले त्यस्तो बताएका हुन ।
प्रमुख चौधरीले जिल्लाको समग्र विकास र सवालका लागि समन्वयको भूमिका प्रभावकारी बनाउने भन्दै स्थानीय तहसंगको नजिकको सम्वन्ध राखी योजना तथा कार्यको अनुगमन गरि सरोकारवाला निकायलाई खबरदारी गर्ने बताए ।
सभामा डुडुवाको विकास योजनाका बारेमा उठेका सवाललाई सम्बोधन गराउन पहल गर्ने प्रतिबद्धता ब्यक्त गर्दै प्रदेश र केन्द्रस्तरबाट पनि ठूला योजना तथा कार्यक्रमका लागि पहल गर्ने आश्वासन दिए ।
सभामा डुडुवा गाउँपालिका उपाध्यक्ष शाहिदा बानोले जनताका समस्या कुनैपनि समस्या समाधानका लागि पहल गर्ने बताए ।
सभामा डुडुवाका योजना शाखा प्रमुख ओमबहादुर राना क्षेत्री, महिला तथा बालबालिका शाखा प्रमुख लक्ष्मी केसी, कृषि शाखा प्रमुख शुसिल शर्मा, स्थानीय समुदायका अगुवा भागीरथी चन्द, लगाएतले मनतब्य बोलेका थिए ।