२०८१ मङ्सिर २९ गते शनिवार

रुकुमको चौरजहारीमा पैंशा बाँडी रहेको आरोपमा काँग्रेस कार्यकर्ताले माओबादी कार्यकर्तालाई थुने

दाङ, बैशाख २९ । रुकुम पश्चिममा मतदातालाई पैंसा बाँडेको आरोपमा नेकपा माओबादी केन्द्रका कार्यकर्तालाई नेपाली काँग्रेसका कार्यकर्ताले थुनेका छन् । खुकुरीसहित चौरजहारी नगरपालिका १० खोलागाउँमा मतदातालाई पैंशा बाँडिरहेको अवस्थामा फेला पारेपछि काँग्रेसका कार्यकर्ताले उनीहरुलाई घर भित्रै थुनी प्रहरी बोलाएर जिम्मा लगाएका थिए । त्यो बीचमा दुई पक्षका बीचमा झडपसमेत भएको छ ।

झडपमा परि पाँच जना घाईते भएका छन् । घाइते हुनेहरुमा नेपाली काँग्रेसका डिल्ली केसी, लालबिर वली, डायमन केसी र माओवादीका तुलसीराम बुढा र जुद्धबहादुर घर्ती घाइते भएका छन् । डिल्लीको टाउकोमा, बाँया हातमा,डायमनको खुट्टामा चोट छ बुढा र घर्तीको टाउकोमा चोट छ ।

घाइते सबैको चौरजहारी अस्पतालमा उपचार भइरहेको तथा सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी प्रमुख डिएसपी बिष्णुप्रशाद सोतीले प्रहरीले घटनाका आरोपित केहीलाई नियन्त्रणको जानकारी दिए ।

नेकपा माओवादी केन्द्रका वडाध्यक्ष पदका उम्मेदवारसहित दुई जना पक्राउ गरेको छ । उनीहरुको साथबाट दुई थान खुकुरीसमेत बरामद भएको छ । माओवादीका वडाध्यक्ष पदका उम्मेदवार बिरेन्द्र रोकाया र माओवादी कार्यकर्ता सौगात पक्राउ परेका छन् ।

उनीहरुको साथबाट दुई थान खुकुरीसमेत बरामद भएको इलाका प्रहरी कार्यालय चौरजहारीका एक प्रहरी अधिकारीले जानकारी दिए ।

माओवादीका उम्मेदवार आँफै पुगेर पैंशा बाँडिरहेको अवस्थामा फेला पारेपछि नेपाली काँग्रेसका कार्यकर्ताहरुले उनीहरुलाई घर भित्रै थुनेर राखेका थिए । त्यसपछि उनीहरुले प्रहरी चौकी सर्केनामा खबर गरि प्रहरी बोलाएका थिए ।

प्रकाशित मिति : २०७९ बैशाख २९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *