
अञ्जना चौधरी,
तुलसीपुर माघ १७ । राप्ती यातायात सेवा प्रालीद्धारा संञ्चालित रामदुत ट्राभल्सले थप बसहरु थप्न लागेको जानकारी दिएको छ । सेवाग्राहीको चाहानालाई मध्यनजर गर्दै सुरक्षित र सहज यात्राको लागि केही सुविधा सम्पन्न एसी तथा डिलक्स बसहरु थप्न लागेको प्रालीका अध्यक्ष मदनकुमार आचार्यले बताए ।
प्रालीले संचालन गर्दै आएको बस भित्रै शौचालय,सिङगल सिट, र फ्रि वाईफाईको व्यवस्था रहेको उनले जानकारी दिए । हाल प्रालीमा १५ वटा गाडीहरु रहेको तथा दश करोडको लगानी रहेको जानकारी दिइएको छ ।
अध्यक्ष आचर्याले निकट भविष्यमा ६ वटा बस थप्ने तयारी गरिएको बताए । प्रालीले हालम्म दाङ–काठमान्डौ र दाङ–पोखरामा मात्रै बस सेवा संचालन गर्दै आएको छ ।
प्रकाशित मिति : २०७५ माघ १७ गते बिहिवार