२०८३ भाद्र १० गते बुधवार

रोल्पामा प्रहरीले ८ कठ्ठामा रोपेको अफिम खेति नष्ट ग¥यो

दाङ, बैशाख २ । रोल्पा प्रहरीले आठ कठ्ठा क्षेत्रफलमा गरिएको अफिम खेति नष्ट गरेको छ ।

जिल्लाको परिवर्तन गाउँपालिका वडा नं. ४ सिजाखोला स्थित जंगलको बीचमा रोपेको अफिम खेति प्रहरीले नष्ट गरेको हो ।

इलाका प्रहरी कार्यालय पाछाबाङबाट प्रहरी नायव निरीक्षक धनबहादुर रानाको कमाण्डमा खटिएको प्रहरी टोलीले अफिम खेति नष्ट गरेको हो ।

जंगलको बीच भागमा अबैध मानिने अफिमको खेति गरिएको छ भन्ने गोप्य सूचनाको आधारमा पुगेको प्रहरीले अफिम खेति नष्ट गरेको जनाएको छ ।

अफिम खेति करिब ८ देखि ९ कठ्ठा क्षेत्रफलमा लगाइएको थियो । जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार त्यो अफिम खेति कस्ले गरेको हो ?भन्ने बारेमा अनुसन्धान जारी छ ।

प्रकाशित मिति : २०७९ बैशाख २ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *