२०८१ चैत्र ६ गते बुधवार

बन्दुकको गोली लागेर एक जना घाइते

दाङ, फागुन २९ । सल्यानमा भरुवा बन्दुकको गोली लागेर एक ब्यक्ति घाइते भएका छन् ।


जिल्लाको छत्रेश्वरी गाउँपालिका वडा नं. ३ झिम्पे मिलनचोकका लोकबहादुर पुनको दाहिने हातको नाडीमा गोली लागेको छ ।

फागुन २५ गते स्थानीय मनिस पुन मगरको घरमा भरुवा बन्दुक लुकाएर राख्ने क्रममा बन्दुक पड्किएर गोली लाग्दा पुन घाइते भएको प्रहरीले जानकारी दिएको छ ।


घाइतेको उपचार पछि आइतबार लोकबहादुरलाई नियन्त्रणमा लिइएको छ । गाउँ घरमै लुकिछिपी बसेको अवस्थामा मनिशकुमार पुन मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


इलाका प्रहरी कार्यालय लुहामबाट प्रहरी निरीक्षक श्यामप्रकाश यादवको कमाण्डमा खटिएको प्रहरी टोलीले उनको घर नजिकैको भुपाल पुनको गहुँबारीमा एउटा एक नाले भरुवा बन्दुकपनि बरामद गरेको छ ।


पक्राउ परेका मनिश र लोकबहादुरलाई हातहतियार खरखजना मुद्दा चलाएर आवश्यक कारबाही थालिएको जिल्ला प्रहरी प्रबक्ता प्रहरी निरीक्षक अजुर्न पौडेलले जानकारी दिए ।

प्रकाशित मिति : २०७८ फाल्गुन ३० गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *