तुलसीपुर,माघ १२ । दाङमा सडकमाथिबाट खसेको ढुङ्गा लागेर एक जनाको मृत्यु भएको छ ।
राप्ती राजमार्ग अन्तर्गत तुलसीपुर उपमहानगरपालिका ३ राम्री ढकेनीथानमा माथीबाट खसेको ढुङगाले लागेर मोटरसाइकल चालक घोराही १४ बस्ने ३५ वर्षीय लालबहादुर घर्तीको मृत्युुभएको इलाका प्रहरी कार्यालय तुलसीपुरका डियसपि स्यामु अर्यालले जानकारी दिए ।
उनका अनुसार सल्यानको कपुरकोटदेखि घोराही आउँदै गर्दा ढुङगाले लागेर रा ३ प ११०१ नम्बर मोटरसाइकल चालक घर्ती गम्भीर घाइते भएका थिए ।
उनको उपचारको क्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा मृत्युुभएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।
प्रकाशित मिति : २०७८ माघ १२ गते बुधवार
