
काठमाडौं, मंसिर २४। काठमाडौंको भृकुटीमण्डपमा नेपाली कांग्रेसको १४ औं महाधिवेशनको उद्घाटन कार्यक्रम सुरू भएको छ।
उद्घाटन समारोहमा कांग्रेसका शीर्षनेतासँगै विभिन्न दलका प्रमुख तथा विदेशबाट आएका अतिथिले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
उद्घाटनका लागि मुख्य मञ्च भृकुटीमण्डपको प्राङ्गणमा तयार गरिएको छ। सहभागीलाई हेर्न सजिलोका लागि मञ्च बाहिर ठूला पाँच डिस्प्ले राखिएको छ।
महाधिवेशनस्थलमा पार्टीका झण्डाले सिङ्गारिएको छ साथै विभिन्न स्थानमा स्वागतद्वार राखिएको छ।
सबै तस्विर : तिलक केसी





प्रकाशित मिति : २०७८ मङ्सिर २४ गते शुक्रवार