२०८१ फाल्गुन ६ गते मङ्गलवार

संवृद्धिको लागि अलग पहिचान आवश्यक छ – मुख्य मन्त्री पोखरेल

दाङ, पुस १५ । तुलसीपुर उपमहानगरपालिकाले स्थानीय आर्थिक सम्भावनाको खोजि गर्न भन्दै आइतवार तुलसीपुरमा आर्थिक सम्मेलन गरेको छ । सम्मेलनलाई सम्वोधन गर्दै प्रदेश नम्वर ५ का मुख्यमन्त्री शंकर पोख्रेलले नगरको समृद्धिका लागि अलग पहिचान स्थापित हुनुपर्ने वताएका छन् ।

‘तुलसीपुर अन्य शहरभन्दा के फरक छ भन्ने देखाउनुहोस् समृद्धिको मुल चुरो त्यही लुकेको हुन्छ’ पोख्रेलले भने । कुनैपनि शहरलाई विशिष्ट स्वरुप दिने उपाय चौडा र सिधा सडक नै भएको हुँदा त्यसमा ध्यान दिन सुझाए । त्यस्तै उनले कुनै निश्चित विरुवाको छनौट गरेर आकर्षक तर एउटै जातको बोट विरुवा लगाउने, घरहरुको डिजाइन ,रङ र लाईटिङ स्टिम पनि एउटै गराउन आवश्यक रहेको तर्क गरे । उनले अव नयाँ घर आवास क्षेत्रका लागि निर्धारण गरिएको स्थानमा मात्रै निर्माण गर्न दिने तयारी गर्न सके ठूलो उपलब्धि हुने उनले बताए ।

पछिल्लो समय खोला किनारमा सबै भन्दा सस्तोमा जग्गा पाइने हुँदा धमाधम त्यही बस्ती बसिरहेको भन्दै उनले त्यो सबैभन्दा असुरक्षित बस्ती हुने हुँदा स्थानीय तहरले त्यो रोक्न आवश्यक रहेको जोड दिए । शहरका मानिसलाई गाउँमा गएर रमाउन सक्ने वातावरण निर्माण गर्नको लागि महाभारत क्षेत्रलाई हिल स्टेसनको रुपमा र चुरे क्षेत्रमा रात्री कालिन सिटीको रुपमा गर्न आवश्यक रहेको मुख्य मन्त्री पोखरेलले बताए । जनताको जीवन स्तर उकास्नका लागि दाङको बबईको तटिय क्षेत्रमा व्यवसायिक तरकारी खेति र जिल्लाको पहाडी क्षेत्रमा अमिलो जातका फलफूलको खेति गर्न आवश्यक रहेको उनले बताए ।

उनले निर्वाहमुखी अर्थव्यवस्थालाई व्यवसायिक वनाउनका लागि योजना निर्माण नगर्दा सम्म आर्थिक समृद्धि हुन नसक्ने धारणा राखे । ‘गाउँ र शहरको विकास एक आपसमा जोडिएको हुन्छ एउटाको स्तर वृद्धि नगर्दासम्म अर्काको समृद्धि सम्भव छैन’ पोख्रेलले भने । उनले व्यवस्थित शहरीकरणका लागि वजार क्षेत्रलाई छाडेर कतै नयाँ सिटी निर्माण गर्न सकिने वताए ।

त्यस्तै मुख्य मन्त्री पोखरेलले स्थानीय सरकारले जग्गा अधिग्रहण गरेर प्लानिङ गर्न सकिने उपाय सुझाए । व्यक्ति विषेशले गरेको भन्दा त्यसरी स्थानीय सरकारले गर्दा एउटा ठूलो परियोजना निर्माण हुने तर त्यसको लागि आँट गर्न आवश्यक रहेको मुख्य मन्त्रीको तर्क छ । अर्कौ उपाए उनले ल्याण्ड पुलिङ गर्न सकिने धारणा राखे । जग्गा धनि बाट जग्गा लिजमा लिने र मुनाफा गरेर विक्रि गर्दै नयाँ सहर बसाल्न सकिने उनले बताए । जग्गा प्लटिङ गरेर विक्रि गर्ने व्यवसायीले आफ्नो क्षेत्रको मात्रै राम्रो हेर्ने हुँदा सरकारले जग्गा प्लटिङ गर्न आवश्यक रहेको उनको धारणा छ ।

पालिकाहरु समृद्ध भए मात्रै प्रदेश समृद्ध हुने वताउँदै पोख्रेलले पालिकालाई समृद्ध वनाउनका लागि योजनावद्ध ढँगले लाग्नुपर्ने जोड दिए । निकट भविस्यमा नै संघीय र प्रदेश सरकारले दाङमा विद्युतिय बस संचालन गर्ने तयारी गरेको जानकारी दिएका मुख्य मन्त्री पोखरेलले त्यसपछि प्रदेश नयाँ युग तर्फ प्रवेश गर्ने दाबी गरे । प्रदेश सरकारको त्यो योजनामा नगरपालिका पनि साझेदार बनेमा विद्युतिय बसहरु दोब्बर बढी संचालनमा ल्याउन सकिने उनको तर्क थियो ।

कार्यक्रममा विषय प्रवेश गराउँदै तुलसीपुरका नगरप्रमुख घनश्याम पाण्डेले आर्थिक सम्मेलनले समृद्धिको ढोका खोल्ने वताउँदै सम्भावनाको खोजि समृद्धिको पहिलो पाइला भएको वताएका थिए ।

कार्यक्रममा प्रदेश योजना आयोगका उपाध्यक्ष डा. प्रकाश श्रेष्ठले स्रोत परिचालनमा ध्यान दिन सक्यो भने मात्रै विकासले फड्को मार्ने तर्क गरे । उनले क्षमता विकास, समन्वय, सहकार्य, वित्त सहयोग, प्राविधिक सहयोग, अन्तरपालिका सम्वन्धित विकास आयोजना लगायतका कुरामा प्रदेश सरकारले स्थानीय सरकारले सघाउने वताए ।

कार्यक्रममा आर्थिक सम्भावनाका वारेमा प्रस्तुति राख्दै विज्ञ वावुराम रानाभाटले तुलसीपुरका कृषि उपजको आयात वढिरहेको वताउँदै आधुनिक कृषि प्रविधिको विकासका साथै जग्गालाई चक्लावन्दी गरेर कृषि उत्पादनमा ध्यान दिनुपर्ने बताए । स्थानीय लगानी व्यवस्थापनका वारेमा चर्चा गर्दै विज्ञ विष्णु पुरीले सार्वजनिक निजी साँझेदारीमा वृहत प्रकृतिका योजना सम्पन्न गर्न सकिने तर्क गरे ।

पुर्व सहसचिव रमेश अधिकारीले सरकारले मात्रै गरिदेओस् भनेर मुख ताक्नुभन्दा पनि आफैले केही गर्न गर्न अग्रसर हुनुपर्ने धारणा राखे ।

प्रकाशित मिति : २०७५ पुष १५ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *