२०८२ कार्तिक २१ गते शुक्रवार

यी हुन दाङबाट वडा सभापति जित्ने एक्ली महिला

तुलसीपुर, भदौ २३ । नेपाली काँग्रेसको १४औं महाधिबेशनका क्रममा दाङका एक सय वडाहरु मध्य एक जना महिलाले मात्रै वडा सभापति जितेकी छिन् ।

शान्तिनगर गाउँपालिका वडा नं.३ की ३२ बर्षीया पार्वती पुन भदौ २१ गते भएको मतदानबाट वडा सभापतिमा निर्वाचित भएकी हुन ।

प्रतिपर्धी थम्मनप्रशाद कँडेललाई पराजित गर्दै पुन निर्वाचित भएकी हुन । पार्वतीले १०७ मत र कँडेलले १०३ मत प्राप्त गरेका थिए । शान्ति नगर ३ मा कुल २११ मतदाता रहेका थिए ।

निर्वाचित भएपछि फरककोणसंग प्रतिक्रिया दिदै अध्यक्ष पुनले आफ्नो जित समग्र महिला दिदी बहिनी र लोकतन्त्रको जित भएको बताइन ।

उनले काँग्रेसलाई वडा तहबाटै राम्रो बनाउन आफु लागि पर्ने बताइन ।

पार्वतीले अब आउने स्थानीय तहको निर्वाचनका क्रममा शान्तिनगर गाउँपालिकाको उपाध्यक्ष पदमा आफुले दाबी गर्ने चाहाना ब्यक्त गरिन ।

 

प्रकाशित मिति : २०७८ भाद्र २३ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *