तुलसीपुर, भदौ २१ । नेपाली काँग्रेसको १४औं महाधिबेशन अन्तरगत सोमबार तुलसीपुरको एउटा वडा बाहेक अन्य सबै वडाहरुमा अधिबेशन सम्पन्न भएको छ । जिल्लाका एक सय वडाहरु मध्य झन्डै ६० बढी वडाहरुमा सर्वसहमतिमा नेतृत्व चयन भएको जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ मा मंगलबार बिहान ७ बजेदेखि नेतृत्व चुन्न मतदान हुने भएको छ । सोमबार निर्वाचन हुन नसकेको तुलसीपुरको ५ नम्बर वडा नेपाली काँग्रेसका केन्द्रीय सदस्य दीपक गिरीको गृह नगर हो । यो वडामा काँग्रेसका पूर्व सांसद गेहेन्द्र गिरीपनि क्षेत्रीय प्रतिनिधिका उम्मेदवार छन् । यी दाजु भाइको गुटगत राजनीतिका कारण बिगतदेखि नै जिल्लामा काँग्रेसको राजनीति दुई खेमामा बिभक्त हुँदै आएको छ । गेहेन्द्र गिरीले आँफुलाई स्वर्गिय नेता खुमबहादुर खड्काको असली हकदार दाबी गर्ने गर्छन ।
पश्चिम दाङका पालिकाहरु मध्य बबई गाउँपालिकामा १, ३ र ७ नम्बर वडामा सर्वसहमतिमा नेतृत्व चयन भएको छ । अन्य चार वडामा सोमबार नेतृत्व चुन्न मतदान भएको छ ।
त्यस्तै शान्तिनगर गाउँपालिकामा ३ र ४ नम्बर वडा बाहेक अन्य सबै वडाहरुमा सर्बसहमतिमा नेतृत्व चयन भएको छ ।
दंगिशरण गाउँपालिकामा १, ४, ६ र ७ नम्बर वडामा सर्वसहमतिमा र अन्य तीन वटा वडाहरुम नेतृत्व चुन्न सोमबार बमतदान भएको छ ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. ६, ७, ४, १, १०, १२, १४, १८, १७ लगाएतका वडाहरुमा सर्वसहमतिमा नेतृत्व चयन गरिएको छ । अन्य वडाहरुमा मतदान भएपनि सहमतिको प्रयास गर्दा तुलसीपुर ५ मा भने ढिला हुन गएको हुँदा मंगलबार बिहान मात्रै मतदानको समय तोकिएको छ । जिल्लामा सबै भन्दा बढी क्रियासिल सदस्य रहेको तुलसीपुर ११ मापनि नेतृत्व चुन्न मतदान भएको अधिकृत प्रहलाद कार्कीले जानकारी दिए ।
त्यस्तै तुलसीपुर पूर्वको घोराही उपमहानगरपालिकाको १, २, ६, ७, ८, १४, १६, १९ नम्बर वडाहरुमा सर्वसहमति र त्यसबाहेकका वडाहरुमा मा नेतृत्व चुन्न सोमबार निर्वाचन भएको छ ।
घोराही उत्तरको बंगलाचुली गाउँपालिकाका सबै वडाहरुमा सर्बसहमतिमा नेतृत्व चयन भएको छ । लुम्बिनी प्रदेशको राजधानीको केन्द्र तोकिएको राप्ती गाउँपालिकाका सबै वडाहरुमा पनि सर्बसहमतिमा नेतृत्व चयन भएको जिल्ला निर्वाचन समितिले जानकारी दिएको छ ।
राप्ती गाउँपालिका अन्तरगत १ र २ नम्बर वडाहरुमा खुल्ला क्षेत्रीय प्रतिनिधि र वडा नं. ४ मा खुला क्षेत्रीय प्रतिनिधि र थारु प्रतिनिधि चुन्नका लागि मतदान भएको छ ।
गढवा गाउँपालिकाको ४, ७ र ८ बाहेक अन्य सबै वडाहरुमा सर्बसहमतिमा नेतृत्व चयन गरिएको छ । त्यस्तै राजपुरगाउँपालिकामा वडा नं. ३ बाहेक अन्य सबै वडाहरुमा सर्वसहमतिमा नेतृत्व चयन भएको छ ।
देउखुरीका चार पालिकामध्य लमही नगरपालिकाका ९ वटा वडाहरु मध्य १ र ३ नम्बर वडाहरु बाहेक अन्य सबैमा सर्वसहमतिमा नेतृत्व चयन भएको छ ।
तुलसीपुर ७ मा सर्वसम्मत रुपमा नेतृत्व चयन भएपछि सोमबार प्रमाण पत्र ग्रहण पछि नब निर्वाचित वडा र क्षेत्रीय प्रतिनिधिहरु ।