२०८२ असार ९ गते मङ्गलवार

कर्तव्य ज्यान मुद्दामा २० बर्ष कैद तोकिएका चौधरी पक्राउ


दाङ, भदौ ३ । सर्वोच्च अदालतबाट कर्तव्य ज्यान मुद्दामा २० बर्ष कैद सजाएको तोकिएका एक फरार प्रतिबादी पक्राउ परेका छन् ।
फरार प्रतिबादी खोजी गर्ने क्रममा घोराही उपमहानगरपालिका वडा नं. १४ रतनपुर झिंगौराका ५० बर्षीय रामबहादुर चौधरी पक्राउ परेको जिल्ला प्रहरी प्रबक्ता डिएसपी मुकुन्दप्रशाद रिजालले जानकारी दिए ।

सर्वौच्च अदालतले २०७५ माघ २९ गते कर्तव्य ज्यान मुद्दामा चौधरीलाई दोषी ठहर गर्दै २० बर्ष कैदको फैसला सुनाएको थियो । चौधरी त्यसयता फरार रहँदै आएका थिए ।

फरार प्रतिबादी चौधरी घोराही १४ मै लुकिछिपी बस्दै आएको भन्ने गोप्य सूचनाको आधारमा मंगलबार साँझ ६ बजेतिर पक्राउ गरिएको डिएसपी रिजालले जानकारी दिए ।

चौधरीलाई बुधबार दाङ देउखुरी जिल्ला अदालतमा पेश गरिएको र अदालतको आदेशमा चौधरीलाई तोकिएको सजाए भुक्तान गर्नका लागि कारागार चलान गरिएको डिएसपी रिजालले जानकारी दिए ।

प्रकाशित मिति : २०७८ भाद्र ३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *