
तुलसीपुर,साउन २० । लायन्स क्लब अफ दाङ कालिका मालिकाको आयोजनामा बुधबार,विजौरी,बेल्झुण्डी र दूधरास क्षेत्रमा मास्क तथा सेनिटाईजर वितरण गरिएको छ ।
क्लवको पहिलो बार्षिक कार्यक्रम अन्तर्गत अग्रपंत्तीमा खटिने प्रहरी,यातयात ब्यबसायी,मजदुर तथा पैदलयात्री हरुलाई उक्त सामाग्रीहरू वितरण गरिएको क्लवका अध्यक्ष बिरेन्द्र खड्काले जानकारी दिए ।
क्लवले विजौरीमा आयोजना गरेको मास्क तथा सेनिटाईजर हस्तानतण कार्यक्रममा संस्थाका सचिव गौरव आचार्यले लायन्स कल्ब अफ कालिका मालिकाले समाज सेवामा सधै खटने जानकारी दिए ।
सो अवसरमा प्रहरी चौकी हेमन्तपुरका इन्चार्ज माधव कुमार श्रेष्ठलाई ५ लिटर सेनिटाइजर र १० प्याकेट मास्क हस्तान्तरण गरिएको कोषाध्यक्ष चित्रबहादुर खड्काले जानकारी दिए ।
त्यसैगरि क्लवले बेलझुण्डी र दुधरास स्थित प्रहरी चौकीहरुमा मास्क तथा सेनिटाइजर वितरण गरेको हो ।



