२०८१ चैत्र ३ गते आइतवार

तुलसीपुरमा थप एकजनाको कोरोनाले मृत्यु

तुलसीपुर, बैशाख १० । तुलसीपुरका एक जनाको शुक्रवार कोरोनाका कारण मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ का ७९ बर्षीय पुरुषको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ ।

तुलसीपुरका कोरोना फोकल पर्सन विमल केसीका अनुसार उनले बिहीवार मात्रै स्वाब प्रतिष्ठानमा पुगेर परीक्षणका लागि दिएका थिए । रिपोर्ट शुक्रबार मात्रै आएको थियो । रिपोर्ट आएको केही बेरमै उनको मृत्यु भएको केसीले बताए । यो संगै तुलसीपुरमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २६ पुगेको छ

प्रकाशित मिति : २०७८ बैशाख १० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *