तुलसीपुर, बैशाख १० । इनारमा डुबेर घोराहीमा एक ६ बर्षीय बालकको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका वडा नं. ६ भैंसापथ्राका प्रज्वल परियारको छिमेकीको इनामार डुबेर मृत्यु भएको छ ।
पदम परियारका छोरा प्रज्वल खेल्ने क्रममा छिमेकी उमानन्द नेपालीको इनारमा बिहीवार दिउँसो खसेका थिए ।
उद्धार गरि उपचारको लागि घोराही तर्फ लैजाने क्रममा उनको दिउँसो ३ बजेतिर बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय घोराहीले जानकारी दिएको छ । हालसालै खनिएको नयाँ इनारमा सुरक्षाका लागि कुनै अवरोध वा वाल नठाएको हुँदा बालक खस्न पुगेको मृतकका आफन्तले आरोप लगाएका छन् ।
प्रकाशित मिति : २०७८ बैशाख १० गते शुक्रवार