२०८३ असार २ गते मङ्गलवार

जवरजस्ती करण मुद्दाका फरार अभियुक्त अर्जुन पक्राउ

तुलसीपुर, वैशाख ९ । दाङ प्रहरीले जवरजस्ती करण मुद्दाका एक जना फरार अभियुक्तलाई बिहीवार पक्राउ गरेको छ । राप्ती गाउँपालिका वडा नं. ३ का २८ बर्षीय अर्जुन विक बिहीवार दिउँसो घोराहीबाट पक्राउ परेका हुन ।

बिकमाथि गत बर्ष साउन १६ गते जवरजस्ती करण गरेको अभियोगमा प्रहरीमा मुद्दा दायर भएको थियो । त्यसपछि बिक फरार रहँदै आएका थिए ।

बिकलाई पक्राउ पछि बिहीवार नै दाङ देउखुरी जिल्ला अदालतमा उपस्थित गराइएको जिल्ला प्रहरी प्रबक्ता डिएसपी मुकुन्दप्रशाद रिजालले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २०७८ बैशाख ९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *