२०८१ चैत्र ३ गते आइतवार

बाँकेमा कोरोनाका कारण थप एक महिलाको मृत्यु

२७० नयाँ संक्रमित थपिए

दाङ, बैशाख ९ । बाँकेमा बिहीवार बिहान थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालगंज उपमहानगरपालिका वडा नं. १७ बाँके निवासी ८६ वर्षीया महिलाको नेपालगंज मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको छ ।

उनको बिहान २ बजेर १५ मिनेटमा मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन तेज वलीले जानकारी दिए ।यो सँगै बाँकेमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ६७ पुगेको छ ।

त्यस्तै पछिल्लो पिसिआर परीक्षणको रिपोर्ट अनुसार थप २७० नयाँ कोरोना संक्रमित थपिएका छन । भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणको रिपोर्ट बिहीबार बिहान सार्वजानिक भएसँगै बाँकेमा थप २७० नयाँ संक्रमित फेला परेका हुन ।

त्यस्तै बुधबार बेलुका नेपालगञ्ज मेडिकल कलेजको ल्यावमा गरिएको परीक्षणका क्रममा ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने भेरी अस्पतालको ल्यावमा २०४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

मेडिकल कलेजमा १३४ जनाको स्वाव परीक्षण गर्दा ६६ जनामा र भेरी अस्पतालमा ३५० स्वाव परीक्षण गर्दा २०४ जनामा कोरोना पुष्टि भएको फोकल पर्सन वलीले जानकारी दिए ।

प्रकाशित मिति : २०७८ बैशाख ९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *