दाङ, वैशाख ८ । नेपालगञ्जमा बुधवार मध्यरातिबाट लकडाउन लागु हुने भएको छ । प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बैशाख ८ गते मध्य रातिदेखि बैशाख १५ गते मध्य रातिसम्म लकडाउन हुने बताएका छन् ।
नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रभरका लागि लकडाउन हुने भएको छ । लकडाउनका अवसरमा अत्यावश्यक सवारी साधन बाहेक अन्य सबै प्रकारका सेवा (बैंक तथा वित्तिय संस्था समेत) सञ्चालनमा प्रतिवन्ध लगाइएको छ । अत्यावश्यक काम बाहेकको हिड्डुलमा समेत निषेध गरिएको छ ।
बुधवार बिहानसम्म बाँकेमा सक्रिय संक्रमितको संख्या ७३५ पुगेको छ । अस्पतालहरु बिरामीले भरिभराउ रहेका छन् । त्यही अवस्थालाई गम्भीरता पूर्वक लिदै लकडाउन गर्नु परेको स्थानीय प्रशासनले जनाएको छ ।
संक्रमन फैलावटको साङ्लो तोड्न तथा कोरोना भाइरसको संक्रमनको रोकथान र नियन्त्रण गर्नका लागि लकडाउन गर्नु परेको प्रजिअ गेलालले बिज्ञप्तिमा उल्लेख गरेका छन् ।
