२०८३ असार २ गते मङ्गलवार

दाङमा आगोमा जलेर १ बर्षे बालिकाको मृत्यु, आमा गम्भीर

तुलसीपुर, बैशाख ७ । आगोमा जलेर दाङको देउखुरीमा एक बर्षीया बालिकाको मृत्यु भएको छ । उनकी आमाको गम्भीर अवस्थामा उपचार भइरहेको छ । राप्ती गाउँपालिका वडा नं. ५ कालापानीकी ४४ बर्षीया आमा पुनम सुनारले खाना पकाउँदै गर्दा अगेनामा बालेको आगो साडीमा सल्किन पुग्दा उनी र उनकी एक बर्षीया छोरी विना गम्भीर घाइते भएका थिए ।

एक वर्षीया बिनाको उपचारका क्रममा लमही अस्पतालमा मंगलबार बिहान साढे दूई बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुबाङका प्रमुख प्रहरी निरिक्षक भुवन भट्टले जानकारी दिए । भान्सामा खाने पकाउने क्रममा आमाको साडीबाट सल्केको आगोले बच्चाको ज्यान गएको र आमाको गम्भीर अवस्थामा लमहीमा उपचार भइरहेको उनले बताए ।

बच्चालाई काखमा लिएर खाना पकाउँदै गर्दा गरेकी आमाको साडीबाट आगो सल्किएर पछि आमा छोरी जेलेको प्रहरीले बताएको छ । घटनाबारे राति ९ बजेतिर मात्रै प्रहरीलाई सूचना प्राप्त भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट आमा छोरी जलेको भएपनि भान्सा कोठा तथा घरमा आगलागी नभएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७८ बैशाख ७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *