२०८१ चैत्र ९ गते शनिवार

भेरी अस्पतालमा ८१ जनामा परीक्षण गर्दा ७५ जनालाई कोरोना पुष्टि

दाङ, वैशाख ५ । कोरोना संक्रमणको दर नेपालगन्जमा तीब्र गतिमा फैलिरहेको पाइएको छ । भेरी अस्पताल नेपालगन्जले बितेको २४ घण्टाभित्र ८१ वटास्वाब परीक्षण गर्दा आइतबार ७५ जनालाई कोरोना भाइरसको संक्रमन पुष्टि भएको छ। परीक्षण गरिएको स्वाबमध्ये ९२.६ प्रतिशतलाई कोरोना संक्रमण देखिएको अस्पतालले प्रशासनले जानकारी दिएको छ ।

यसैबीच भेरी अस्पतालको कोभिड वार्डमा थप एक महिलाको मृत्यु भएको छ। बर्दियाको गेरुवा गाउँपालिका वडा नम्बर ४ की ५२ वर्षीया महिलाको आइतबार अपरान्ह ४ बजेतिर मृत्यु भएको जिल्ला कोभिड संकट ब्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीले जानकारी दिए।

यो बाहिरी जिल्लाबाट उपचारका लागि बाँके लगिएका संक्रमित मध्य ९७ जनाको मृत्यु भएको छ । त्यस्तै कोरोना संक्रमणबाट बाँके जिल्लाका मात्रै थप ६० जनाको मृत्यु भएको वलीले बताए ।

प्रकाशित मिति : २०७८ बैशाख ५ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *