तुलसीपुर, वैशाख ५ । दाङ प्रहरीले स्रोत नखुलेको झन्डै चार लाख भारतीय रकमसहित एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दाङको राप्ती गाउँपालिका वडा नं. १ का ४५ बर्षीय लौकुस गुप्ता ३ लाख ९५ हजार भारतीय रकमसहित पक्राउ परेका हुन ।
जिल्ला प्रहरी प्रबक्ता मुकुन्दप्रशाद रिजालका अनुसार आइतवार बिहान ९ बजेतिर गुप्तालाई घोराहीबाट उपमहानगरपालिका वडा नं. १५ दामोदर चोकबाट पक्राउ गरिएको हो ।
गोप्य सूचनाको आधारमा गुप्तालाई पक्राउ गरि खानतलासी लिदा उक्त रकम बरामद भएको प्रहरीले जनाएको छ । उनी माथि आवश्यक अनुसन्धान भइरहेको पनि प्रहरीले बताएको छ ।
प्रकाशित मिति : २०७८ बैशाख ५ गते आइतवार