२०८१ जेष्ठ १७ गते बिहिवार

जेष्ठ नागरिक भत्ता डायरी

कैलाश चढ्न मरिहत्ते, मुक्ति नाथमा शकस

तुलसीपुर, बैशाख ५ । तुलसीपुर उपमहानगरपालिका—१३ ढकनाकी बोटे चौधरी कैलाश चढ्ने प्रवेशद्धारको च्यानल गेट पार गर्नै नसकेर वरण्डाको पर्खालमा आडिएकी छिन् ।

वडा सरकारले बृद्धभत्ता बैंक पठाएको हाकपारेपछि उनी आइतवारको एकाविहानै भोकैपेट गाउले बृद्धबृद्धाहरुसंगै सामाजिक सुरक्षा भत्ता बुझ्न तुलसीपुरस्थित कैलाश विकाश बैंक आइपुगेकी थिइन् ।

‘आज पालो आएन, दशैं मान्ने केले हो’, बैंकको भुइतलाको च्यानल गेटमै अडिएकी बोटेले भनिन् ।

मुस्किलले नेपाली भाषा बुझ्ने बोटेसंगै आएका उनका छिमेकी खालिराम चौधरीका अनुसार गाउँलेहरु विहान ७ बजेनै बैंक गेटमा आएर लाइन बसेका थिए । तर, भिड बढ्दै गएपछि लाइन डिस्मिस भयो । लाइन व्यवस्थापन गर्न कैलाश विकाश बैंकका अधिकारीहरुलाई खासै चासो भएन ।

किनकि कार्यालय खुलेकै थिएन् । खुलेपछि कुन पहिला आएको सुरक्षा गार्डले ठम्याउन सकेनन् होला । त्यसैले मौरीको घार जस्तै ज्येष्ठ नागरिकहरुले खचाखच थियो ।

कैलाश विकाश बैंकको तल्लो तला । बुद्धबृद्धाहरुलाई सामाजिक सुरक्षा भत्ता बुझ्न बैंकमा यसरी खचाखच भिडमा पैंठेजोरी खेल्दा दोस्रो कहरका रुपमा फैलिएको कोरोना भाइरसको सुरक्षा कसरी गर्न सकिन्थ्यो ।

सामाजिक सुरक्षा भत्ताले झनै असुरक्षा बढाएको स्पष्ट देखिन्थ्यो ज्येष्ठ नागरिकहरुमा । आफुले लगाएको धोती स्याहानै मुस्किल हुने ती ज्येष्ठ नागरीकलाई मास्क, सेनी टाइजर र सामाजिक दुरी दिवा सपना जस्तै लाग्थ्यो ।

धन्ने छ सामाजिक सुरक्षा भत्ता…।
बृद्धबृद्धाहरुलाई कैलाश विकाश बैंकको उपल्लो तला पुग्न कैलाश पर्वत पुग्नु जस्तै सकस थियो ।कैलाशमा मात्रै होइन, मुक्तिनाथमा पनि त्यस्तै सकश । विहानैदेखि मुक्तिनाथ विकाश बैंकमा पनि सामाजिक सुरक्षा भत्ता लिनेहरुको त्यस्तै भिड देखिन्थ्यो ।

वडै पिच्छे फरक/फरक बैंकमा बृद्धबृद्धाहरुका खाता खोलिएका छन् । गत शाल पनि कोरोना भाइरसको संक्रमणकै वेला लकडाउनमा बैंकहरुमा यसरी नै भिड देखिन्थ्यो । बृद्धबृद्धाहरु लगायत सामाजिक सुरक्षा भत्ता उपलव्ध गराउने सायद यही महिना मात्रै हो कि ? भत्ता लिन आएकाहरु लाइनै यो विषयमा जानकारी थिएन ।

खल्लिराम भन्छन्—‘सामाजिक सुरक्षा भत्ताले झनै असुरक्षा बढायो, यति विघ्न भिड हुनेगरी सवै गाउलेलाई किन एकै दिन पठायो होलान्, वडा सरकारले?, आलोपालो पठाको भा हुन्थ्यो ।
बैंकमा विहानैदेखिको अस्वाभाविक भिडले छेउकै पशलेहरु समेत असुरक्षित भएको र व्यापार व्यवसाय संचालनमा कठिनाई आइरहेको बताउंदै थिए ।

‘भत्ता बुझ्न आउनेहरुको भिडलाई बैंकले पनि व्यवस्थित गर्न सकेको देखिएन । जसका कारण हामीलाइ समेत असुरक्षाको अनुभुति भएको छ’—बैंकको तल्लो तलामा पशल व्यवसाय गरीरहेका न्यू अन्नपुणर् किराना पशलका संचालक कमल अधिकारीले भन्दै थिए, संक्रमण व्यापक भइरहेकावेला बृद्धबृद्धाहरुलाई यसरी सकस दिनु उपयुक्त भएन ।’

वडा सरकारले आफ्नो वडामा सामाजिक सुरक्षा भत्ता पाउने नागरीकहरुलाई सचेत बनाउन नसकेका कारण यो भिडको अवस्था देखिएको उनको भनाइ थियो । बैंकमा गईसकेको पैंसा कही हराउंदैन । जहिले फुर्सद हुन्छ । त्यहि वेला ल्याए हुन्छ भन्ने सम्म पनि बृद्धबृद्धाहरुलाई जानकारी छैन । अर्को कुरा वडा कार्यालयहरुले पनि बैशाख लागेपछि मात्रै बैंकमा भत्ता पठाउने गरेकाले भिडभाडको समस्या थपिंदै आएको छ ।

कैलाश विकाश बैंक र मुक्तिनाथ विकाश बैंकको भिड त नमुना मात्रै हो । तुलसीपुर क्षेत्रका अधिकांश बैकहरुमा स्थानीय पालिकाका वडा कार्यालयहरुले बैंकखाता खोलेका छन् । वडा अनुसार फरक/ फरक बैंकमा सामाजिक सुरक्षा भत्ता उपलव्ध हुंदै आएको छ ।

अधिकांश बैंकहरु बृद्धबृद्धा तथा अपांगमैत्री छैनन् । बृद्धबृद्धाहरुको मन्जुरीनामा लिएर अन्य आफन्तले भत्ता बुझिदिने व्यवस्था पनि सरकारले मिलाएको छैन । जसका कारण सामाजिक सुरक्षा भत्ता लिन आउँदा नै धेरै बृद्धाहरु संक्रममणको उच्च जोखिममा रहेको नागरिक समाजका सल्लाहकार टिकाराम रेग्मीले बताए ।

तर स्थानीय पालिकाहरुले पोहर शाल सामाजिक सुरक्षा भत्ता घर घरमै पुराउने केही वडामा प्रयास गरेपनि यो बर्ष त्यसले पनि निरन्तरता पाउन सकेको छैन । बैंकमा भिड सामाजिक सुरक्षा भत्ताका लागि मात्रै भने होइन । फेरि संक्रमणको अवस्था गम्भीर बन्ने संकेत देखिएपछि दैनिक उपभोग्य सामागि खरीद गर्नका लागि पनि बैंकबाट पैसा निकाल्न अन्य ग्राहकहरुको पनि भिड बढ्न थालेको छ । किनकि ग्राहकहरुलाई लागि रहेको हुन्छ, जुन सुकै वेला यहां पनि लकडाउन भयो भने…।

फन पार्कमा सत्तारुढ पार्टी कै जमघट
मुलुक संगै दाङ जिल्ला समेत कोरोना भाइरसको संक्रमणको हटस्पट बनिरहंदा सत्तारुढ दल नेकपा एमालेको संस्थापन पक्षको बृहत भेला नारायणपुरको अमराइमा चलिरहेको देखिन्थ्यो । मुल द्धारमा सुर्यको भण्डा फहराएर सयौं नेता कार्यकर्ताहरु सभाहलमा खचाखच भरिएर संक्रमणबाट जोगिने भन्दा सरकार जोगाउने वहशमा तल्लिन थिए ।

फन पार्कको गेट वाहिरै दर्जनौं कार तथा मोटरसाइकलहरु पार्किङको अवस्था हेर्दा त्यो भेलामा सयौं नेता कार्यकर्ताहरुको उपस्थितिको एकिन गर्न सकिन्थ्यो । सरकारको गृहमन्त्रालयले भिडभाड हुने खालका कुनैपनि सभासम्मेलन, जमघट नगर्न र नगराउन निर्देशन दिएपनि सत्तारुढ दल लगायत अन्य राजनीतिक दलहरु नै सरकारको यो निर्देशनको उलंघन गरिहेका छन् ।

यसले सर्वसाधारण नागरीकहरुलाई पनि स्वास्थ्य मापदण्ड पालनाका सन्दर्भमा गम्भीर बनाउन सकेको छैन,भने सरकारले जारी गरेका निर्देशनको वास्ता नगर्न प्रेरित गरीरहेको छ । सरकारका उच्च अधिकारीहरुको संरक्षणमै गृहमन्त्रालयले जारी गरेका निर्देशनहरु उलंघन भइरहेको पनि नागरिक अगुवाहरुको बुझाइ रहेको छ ।

भिड सुनदेखि नुन पशलसम्म
तुलसीपुर बजारमा अहिले तीन क्षेत्रका प्रतिष्ठानहरुमा अत्यधिक भिड देखिन थालेका छन् । पहिलो भिड बैंकहरुमा, दोस्रो भिड सुन पशलमा र त्यसपछि नुन पशल लगायत अन्य पशलहरुमा । तर कहि कतैपनि कोरोना भाइरसको दोस्रो चरणको संकमणबाट बच्ने उपाय अनुरुप नेपाल सरकारले तोकेको न्यूनतम स्वास्थ्यका मापदण्ड प्रयोग भएको पाइएको छैन । हरेक क्षेत्रमा एक पछि अर्को गरी सुरक्षा मापदण्डको उलंघनगर्ने काम स्वयम नागरीकहरुबाट भइरहेको छ ।

तुलसीपुर उपमहानगरपालिकाले एउटा अटोलाई खटाएर मास्क लगाउन र सामाजिक दुरी कायम गर्न माइकिङ गरीरहेका वेला बजारको मुटुका रुपमा रहेको वीपी चोकको एक सुन पशलमा कम्तिमा डेढ दर्जन ग्राहकहरुले सुनका गहनाहरुको मोलमोलाई गरिरहेका थिए । पशले र ग्राहकहरुबीच नै सामाजिक दुरी कायम थिएन भने ग्राहक -ग्राहकबीच त कोचा कोचकै अवस्था थियो ।

पोहोर शाल त पशलमा डोरी लगाउने र पशल वाहिर ग्राहकलाई अडिनका लगाइन्थ्यो । चुनरेखा कोर्ने गरिएको थियो । तर ती यसपाली सवै हराइसकेका छन् । यति घातक संक्रमण आइरहंदा सरकारी अधिकारी र स्थानीय जनप्रतिनिधिहरु मौन बसिरहंदा प्रहरी सुरक्षाकर्मीहरु पनि दैनिक सिट्ठिी फुकिरहनुको कुनै अर्थ देखिरहेका छैनन् नागरीकहरुले । सुनपशलमा मात्र होइन, नुन लगायत दैनिक उपभोग्य सामाग्रिका पशलहरुमा समेत बढी भिड लाग्ने गरेको देखिन्छ ।

स्वास्थ्य मन्त्रालयले जोखिम बढेको भन्दै २५ जना भन्दा बढी जम्मा नहुने स्वास्थ्य मापदण्डलाई पालना गर्ने भनेपनि सो नियमको पालना हुन सकेको छैन् । ‘सरकारले आफै नियम बनाएको छ, त्यो निमय यहाँ खै त ? पालना गरेको वृद्ध वृद्धाहरुले ? उनीहरुले यस्तो अवस्थामा सम्वन्धित स्थानीय निकायहरुले पनि ख्याल नगरेको भन्दै आफुहरु जोखिम मोलेर यो भिडभाडमा आएको बताए ।

कोरोनाको दोस्रो लहरले नेपालमा ठूलो क्षति पुर्‍याउने आँकलन विज्ञहरूले गरेका बेला अन्य स्थानमा पनि स्वास्थ्यलाई ख्याल नै नगरी लापरवाही हुने गरेको छ । अन्य जिल्ला जस्तै दाङपनि कोरोना संक्रमणको हिसावले रेड जोनमा परेपनि यहाँ भने त्यसलाई ख्याल नगरेको विज्ञहरु बताउछन् ।बजारका सवै पसलहरु भिडभाड हुने गरेका छन् । नुन किन्नदेखि सुन किन्ने पसलहरुमा मानिसको भिड लाग्ने गरेको छ ।

सर्वसाधरणहरुले भौतिक दुरी कायम नगर्ने र माक्स पनि प्रयोग नगर्ने धेरै रहेका छन् ।‘कसैले पनि माक्स लगाउनु हन्ुन्, बजारका सवै स्थानमा भिडभाड छ’ -स्थानीय एक व्यवसायीले भने । उनले माक्स लगाउन अनुरोध गर्दा समेत अटेरी गर्ने गरेको बताए । दैनिक कोरोना संक्रमणका विरामीहरु भेटीने गरेपनि पछिल्लो समयमा भने स्वास्थ्यमा लापरवाही गरेकाले यसले ठूलो जोखिम निमत्याउने उनले बताए ।

यसअघि सरकारले स्रोत र साधनको पर्याप्त व्यवस्थापन गर्न नसक्दा धेरै बिरामीको उपचार नपाएर निधन भएको थियो ।

‘कोरोनासंग जोगिने भनेको जनस्वास्थ्यको मापदण्ड पालना गर्नु नै हो । स्वास्थ्यकर्मीहरु यही भनिरहेका छन् । त्यो बाहेक अन्य विकल्प हामीसंग छैन । स्वास्थ्य मन्त्रालयले बैठक, आमसभा, सम्मेलन भिडभाड हुने सबै क्षेत्र तथा सेवाहरु अविलम्ब बन्द गर्न भनिसकेको छ ।

विद्यालय, रात्री व्यवसायहरु, सात बजेपछि सबै रेष्टुरेन्ट तथा क्लबहरु, खेलकुद, जिम क्लब, सार्वजनिक पूजाआजा तथा जात्राहरु, सभा सम्मेलन, बैठकमा सहभागी नहुन मन्त्रालयले अनुरोध गरेको छ । तर बैठक सभाहरु भने सुरुचारु भने भइ रहेका छन् ।
सबै तस्बिरहरु : रेशम खड्का

प्रकाशित मिति : २०७८ बैशाख ५ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *