२०८१ जेष्ठ १५ गते मङ्गलवार

नेपालगञ्जमा ३ घन्टाको अन्तरालमा ३ कोरोना संक्रमित महिलाको मृत्यु

दाङ, बैशाख ५ । नेपालगञ्जस्थित भेरी अस्पतालको कोरोना विशेष वार्डमा उपचाररत तीन जना कोरोना सङ्क्रमितको तीन घन्टाको अन्तरालमा मृत्यु भएको छ ।

जिल्ला संकट व्यवस्थापन समिति बाँकेका कोरोना स्रोत व्यक्ति तेज वलीका अनुसार अस्पतालमा उपचाररत राजापुर नगरपालिका–१ बर्दियाका ७३ वर्षीय पुरुषको शनिबार बेलुका ७ः०० बजे मृत्यु भएको थियो।

उनको मृत्यको ४० मिनेटपछि बाँकेको बैजनाथ गाउँपालिका–८ का ७८ वर्षीया अर्की एक  महिलाको मृत्यु भएको थियो । 

जस्लाई चैत ३१ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । उनी वैशाख १ गते अस्पताल भर्ना भएकी थिइन ।

शनिवार राति नै भेरी अस्पतालमै उपचाररत दैलेखका ६८ बर्षीया महिलाको पनि कोरोनाका कारण साढे ९ बजे मृत्यु भएको थियो । 

उनी नारायण नगरपालिका–१ का हुन । उनलाई पनि चैत ३० गते कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला स्रोत व्यक्ति वलीले बताए । 

यो संगै बाँकेमा उपचारका लागि बाहिरी जिल्लाबाट पुगेका ९६ संक्रमितको मृत्यु भएको छ । 

बाँके जिल्लाका मात्रै थप  ६० जनाको मृत्यु भएको छ । 

हालसम्म बाँकेमा उपचारका लागि पुगेका कुल १५६ जना संक्रमितको मृत्यु भएको जिल्ला संकट व्यवस्थापन समिति बाँकेका कोरोना स्रोत व्यक्ति वलीले जानकारी दिए ।

प्रकाशित मिति : २०७८ बैशाख ५ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *